-  मिकाइल आलम

इनरुवा। नेपाल मुस्लिम संघले समानुपातिक सहभागिता र पर्वको विदा यथावत राख्न माग गर्दै सुनसरी प्रशासन मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

संविधानमा उल्लेख भएअनुसार समानुपातिक सहभागिता नभएको र सरकारले अनावश्यक रूपमा आफ्ना पर्वहरुमा दिदै आएको सार्वजनिक विदा कटौती गरेको भन्दै ज्ञापनपत्र बुझाएको नेपाल मुस्लिम संघ सुनसरीले जनाएको छ । संविधानको धारा ४२ मा समानुपातिक सहभागिताको आधारमा सबै समुदायको प्रतिनिधित्व गराउने उल्लेख गरिएपनि सरकारले राष्ट्र सभा र मन्त्री परिषदमा एकजना पनि मुस्लिमको प्रतिनिधित्व नगराउनुले वर्तमान केपी ओली नेतृत्वको वाम गठवन्धन सरकार मुस्लिम समुदाय विरुध रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

नेपालमा १० प्रतिशत भन्दा बढी मुस्लिम समुदायको बसोबास भएपनि २०६८ सालको जनगणनामा ४ दशमलव ४ प्रतिशत मात्र देखाएको भन्दै नेपाल मुस्लिम संघले ज्ञापनपत्र मार्फत सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल मुस्लिम संघले जनसंख्याको आधारमा संविधानमा व्यवस्था भएअनुसार समानुपातिक सहभागिता हुनुपर्ने,मुस्लिम समुदायको महान पर्वहरुमा दिदै आएको सार्वजनिक विदा यथावत राख्नुपर्ने लगायत माग गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । नेपाल मुस्लिम संघले आफ्ना हक अधिकार सुनिश्चित गराउन जेष्ठ ७ गतेदेखि शान्तिपूर्ण रूपमा आन्दोलन गर्ने तयारी समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia