- दिलिप कुमार साह

राजविराज। सप्तरीको कञ्चनरुप नगरपालिका ६ मा एक बालिकाको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । स्थानिय सञ्जीव चौधरीकी दुई वर्षिया छोरी कृतिको मृत्यु ट्याक्टरबाट लडेर भएकोे प्रहरीले जनाएको छ ।

घर नजिकै मामाघरमा बिग्रेर राखिएको ट्याक्टरमा खेलिरहेकी बालिका लडेर घाइते भएपछि उपचारका लागि स्थानीय धर्मेश्वर अस्पताल ठेलियामा भर्ना गरिएको थियो । त्यहाँ अवस्था बिग्रिदै जादा थप उपचारका लागि राजविराज ल्याउने क्रममा बाटोमा मृत्यु भएको बताएको छ ।
मृतकको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा परीक्षण गरी घर परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia