- दिलिप कुमार साह

राजविराज । सप्तरीमा भएको बस दुर्घटनामा मुत्यु भएकाहरुको शोकमा आईतवार जिल्लाको सबै स्थानीय तह, मातहतका कार्यलय र शैक्षिक संस्था बन्द गरिएको थियो। मृतक प्रति श्रद्धाञ्जलीका लागि आईतवार जिल्लाका ९ वटा नगरपालिका र ९ वटा गाउँपालिका मातहतका कार्यलय र शैक्षिक संस्था शोक मनाउन बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले बताउनुभयो।

डाक्नेश्वरी नगरपालिकाका ६४ जना तिर्थ यात्री सहित सुनसरीको बराह क्षेत्र र चतरा दर्शन पछि फर्कने क्रममा बस दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मृत्यु हुने पाँचै जना डाक्नेश्वरी नगरपालिकाका बासिन्दा थिए । घटनामा घाईते भएका ४८ जनाको अझै विभिन्न अस्पतालमा उपचार भईरहेको छ । यता दुर्घटनामा ज्यान गुमाएका परिवारलाई प्रदेश सरकार र विभिन्न संघ संस्थाबाट सहयोग प्राप्त हुने क्रम जारी छ ।
अघिल्लो दिन प्रदेश २ सरकारबाट मृतक प्रति परिवारलाई १–१ लाख र डाक्नेश्वरी नगरपालिकाबाट २५–२५ हजारका दरले राहत उपलब्ध गराएको थियो भने आईतबार प्रतिनिधि सभा सदस्य रानी मण्डलबाट ५–५ हजारका दरले मृतक परिवारलाई राहत प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia