सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१७ उदयटोलका १७ वर्षीय आशिष ठटालको हत्याको आरोपमा प्रहरीले सोही ठाउँका २८ वर्षीय कोमल गुरुङ सहित ६ जनालाई पक्राउ गरेको छ । गत मंसिर ७ गते स्थानीय सामुदायिक जंगलमा आशिष सहित उनका साथीहरु सिकार खेल्न गएका र आशिष घर नफर्केपछि मंसिर १६ गते इलाका प्रहरी कार्यालय धरानमा जानकारी गराएका थिए । प्रहरीले शिकार खेल्न गएका कोमल सहित ६ जनालाई सोमबार नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरुले आशिषको हत्या गरी खाल्डोमा पुरेको रहस्य खुलेको सुनसरीका प्रहरी नायव उपरीक्षक सुमनकुमार तिमिल्सिनाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia