इटहरी । इटहरीस्थित एक्टिभ मनि ट्रान्सफरका संञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरी लुटपाट गर्ने राजन लिम्बु काठमाण्डौंबाट पक्राउ गरेका छन । गत मसिंर १२ गते उनले सञ्चालकलाई नै छुरा प्रहार गरी दुई लाख ५० हजार नगद लुटेर फरार लिम्बुलाई प्रहरीले सुराकीको आधारमा काठमाडौँको कालोपुलमा पक्राउ गर्न खोज्दा भाग्ने क्रममा गोली प्रहार गरी घाईते बनाई पक्राउ गर्न प्रहरी सफल भएको थियो ।
लिम्बुसँग गोली र पेस्तोल भएको सूचनापछि प्रहरीले उनलाई नियन्त्रण लिन खोज्दा प्रहरीमाथि गोली चलाएको र प्रहरीले पनि जवाफी फायर गरेको थियो । लिम्बुको साथबाट चार राउण्ड गोली र एउटा पेस्तोल बरामद भएको अपराध अनुसन्धान महाशाखाले जनाएको छ । प्रहरीको गोली लिम्बुको खुट्टामा लागेको छ । उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ । यसअघि लिम्बु १८ वटा मुद्दा लागेर १३ बर्ष जेल सजाय समेत भोगिसकेका ब्यत्ति हुन । उनी यसअघि बैंकमा गएर पेस्तोल देखाउदै लुटपाट गर्ने समुहका नाइके समेत भएको प्रहरीले जनाएको छ । उनी भारतबाट साना हतियार नेपाल भित्रयाउने तयारीमा समेत जुटेको प्रहरी बताउँछ ।









