काठमाडौं । मोरङको जहदा गाउपालिका १ कालाबञ्जरस्थित नेपालभारतको सिमाक्षेत्र दशगजामा भारतीय पक्षले नियम विपरीत सडक निर्माणगर्न थालेको छ ।अन्तरराष्ट्रिय सन्धि सम्झौता विपरीत एकपक्षियरुपमा निर्माण शुरु गरिएको सो सडक निर्माण भए नेपालतर्फका बस्तीहरु डुबानमा पर्ने देखिएको छ ।
भारत विहार राज्यको अररिया जिल्ला कुशमाहा गा्रमपञ्चायत ४ को आमगाछी मुसहरी बस्तिहुंदै दशगजामा ५ सय मिटर बढीक्षेत्रमा माटो थुपारेर सडक निर्माण गरिएको छ ।सो ठांउमा पारीपट्टि भारत अररियाको आमगाछि मुसहरी बस्ती र नेपालतर्फ जहदा गांउपालिका १ को कालाबञ्जर बस्ती छ । विहार राज्यका बिधायक मनचन केसरीको बिधायक फण्डबाट उक्त सडक निर्माण सुरु गरिएको भारतीयक्षेत्र आमगाछि मुसहरी बस्तीका उमेश सदाले बताए ।
दशगजामा रहेको १७४ नम्बरको पिलरभन्दा ५ सय मिटर वरसम्म एक्साभेटरले खनेर सडक निर्माण गरिएको छ । एकसता अघिबाट सडक निर्माण भइरहेको जानकारी प्राप्त भएपछि जहदा गाँउपालिका १ का वडा अध्यक्ष प्रदिपचन्द यादवको पहलमा सडक निर्माण तत्कालकालागि रोकिएको छ ।सडक निर्माण भइरहेको जानकारी पाएपछि शनिबार सो ठांउपुगेका यादवले तत्काल सशस्त्र प्रहरी बेश बुधनगर र इलाका प्रहरी बुधनगरलाई जानकारी गराएर सडक निर्माण रोक्न लगाएका थिए ।
दशगजामा सडक निर्मााण गर्नै नमिल्ने अबस्थामा पनि भारतीय पक्षले जबर्जस्ति सो सडक निर्माण शुरु गरेको देखिएको छ । सो ठांउमा सडक निर्माण भएपछि लोहन्द्रा र जुडी खोलाको पानी बर्षायाममा थुनिएर जहदाको वडा १ र विराटनगर महानगरपालिकाको वडा नम्बर १७ र १४ पनि जलमग्न हुने स्थानियले जानकारी दिएका छन ।
सो ठांउमा नेपालतर्फ दशगजा क्षेत्र विद्यमान रहे पनि भारतीय किसानहरुले दशगजा मासेर खेती समेत गर्दै आएका छन । वडाध्यक्ष यादवबाट सुचना पाएपछि संघीय समाजवादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादवलगायतका नेता कार्यकत्र्ताले समेत सोमबार बिहान दशगजा पुगेका छन ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले दशगजा अतिक्रमण भएको बिषयमा जानकारी आइसकेको बताए । काउण्टर पार्टससंग छलफल गरेर दशगजाक्षेत्र खाली गराइने उनको भनाई छ ।सशस्त्र प्रहरी सुरक्षा बेस बुधनगरका सशस्त्र प्रहरी निरीक्षक भूप खडका र इलाका प्रहरी कार्यालय बुधनगरका प्रहरी नायब निरीक्षक सूर्यनारायण माझीले आपूmहरुले दशगजामा सडक निर्माण गरेको जानकारी हुने बित्तिकै माथिल्लो निकायमा जानकारी गराएको बताए ।माथिल्लो निकायबाट सडक निर्माण कार्य रोकेर निगरानी गर्न निर्देशन आए बमोजिम निगरानी गर्ने कार्य भइरहेको उनको भनाई छ । समाचार नेपाल समाचारपत्रमा छ ।









