बिर्तामोड । झापाको मेचीनगर–६ स्थित एक वस्तीमा भीषण आगलागी हुँदा २२ घर जलेर खरानी भएका छन् । ‘साठी बिघा’ नामक वस्ती (पुरानो भन्सार क्षेत्र) मा गएराति फैलिएकाे आगाले करिब २२ घर तथा टहरा जलेर नष्ट भएका हुन् । राति करिब ८ बजेबाट आगलागी सुरु भएकोमा केही घण्टाभित्रै दमकलकाे सहायताबाट आगाे नियन्त्रणमा लिइएकाे थियाे । नवटा बारुणयन्त्रको सहायताले करिब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएकाे थियाे । स्थानीय छविलाल आङदाम्बेको घरबाट आगाे सल्किएकाे काँकडभिट्टा प्रहरीले जनाएकाे छ । लाेडसेडिङ भएपछि उनले मैनबत्ती बालेर राख्दा ग्यास सिलिण्डरको पाइप सल्किन पुगेकाे र साेही ग्यासबाट आगलागी सुरु भएकाे प्रहरीले भनाइ छ । प्रहरीका अनुसार आगलागीबाट ६ वटा घर र १६ वटा टहरामा क्षति पुगेकाे र करिब डेढ करोडभन्दा बढीको नाेक्सानी भएकाे छ । घरका साथै होटल, कपडा पसल, दूध डेरी र किराना पसल पनि जलेर खरानी भएका छन् । आगाे सल्किएकाे आङदाम्बेको घर र आसपासका घर तथा टहरा चित्रा र फुसले बनाइएका थिए, साेही कारण आगाे छिटाे फैलिएकाे र बढी क्षति पुगेकाे जनाइएकाे छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बराह सहकारी ठगी: फरार संस्थापक शिव कुमार विश्वकर्मा (लामिछाने) सहित दुई पक्राउ
सुनसरी, धरान: सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा फरार बराह बचत तथा ऋण सहकारीका संस्थापक शिव कुमार वि...
राजमार्ग हरियाली अभियान: डिभाइडरका बिरुवामा दमकलबाट मलजल
धरान–विराटनगर मुख्य राजमार्गको डिभाइडरमा रोपिएका साना बिरुवाहरूको गोडमेल गरी, दुहबी नगरपालिकाको दमकलको सहयोगमा पानी हाल्...
दुहबीमा छठ पूजा घाट निर्माण कार्य तीव्र
हिन्दू धर्मावलम्बीहरूको महान् आस्था र श्रद्धाको पर्व छठ पूजालाई भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले दुहबीम...
धरानमा दुई राउण्ड हवाई फायर गरी २०९ किलो गाँजासहित पाँच जना पक्राउ
सुनसरीको धरान उप-महानगरपालिका–२० च्यान डाँडाबाट प्रहरीले २ राउण्ड हवाई फायर गरी करिब २०९.४२ किलोग्राम लागूऔषध गाँजा र दु...
सम्बन्धन नलिएका संस्थाबाट तालिम सञ्चालन नगराउन सुनसरीका सबै स्थानीय तहलाई VSTPA को आग्रह
इनरुवा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धन/स्वीकृति नलिएका संस्थाले सीपमूलक तालिम सञ्चाल...
आँधी र भारी वर्षाको जोखिम
इनरुवा। जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनअनुसार आगामी कात्तिक ११ देखि १५ गतेसम्म चक्रवात आँधी र भारी वर्षाको उच्...









