विराटनगर । झापाको गौरीगंज गाउपालिका-२ हेमनाडाँगी स्थित जोगेन टुडुको घरमा आगलागी हुँदा उनकी श्रीमतीको जलेर मृत्यु भएको छ ।
शनिबार राती मादक पदार्थ सेवन गरेर आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा नजिकै बलेको मट्टितेलबाट बल्ने बत्तीबाट आगो सल्कीएर ओछ्यानमा आगोलागी भएकाे थियाे । आगलागीबाट ४५ बर्षिय सुनिता टुडुको सुतेकै स्थानमा मृत्यु भएको हाे । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय गौरीगंजबाट घटनास्थलतर्फ प्रहरीको टोलि खटिगई आवश्यक अनुसन्धान पश्चात शवलाई परिक्षणको लागि आम्दा अस्पताल दमक पठाईएको प्रहरीले जनाएकोछ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia