इनरुवा। सुनसरीको इटहरीलाई भुकम्पीय दृश्टिले सुरक्षित शहर वनाउन भवन निर्माण संहितालाई कडाइका साथ कार्यावन्यन गरिने भएको छ । त्यसका लागि २१ औ भूकम्प सुरक्षा दिवसको अवसर पारेर सरोकारवाला पक्षहरु सँग छलफल थालिएको छ । इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले भवन निर्माण संहिता कार्यावन्यनमा कुनै कसर वाँकी नराखिने वताउनुभएको छ ।

उपमहानगरले बिभिन्न सरोकारवाला पक्षहरु सँग गरेको अन्र्तक्रिया कार्यक्रममा उहाँले त्यस्तो वनाउनुभएको हो । उहाँले भुकम्प आफैले मान्छे मार्ने नभई हामीले वनाएका घर संरचनाले किचेर मान्छेको ज्यान जाने भएकाले वलियो घर वनाउनुपर्नेमा जोड दिनुभयो । वलियो घर वनाउन भवन निर्माण संहिताको कडाइका साथ पालना हुनुपर्ने मेयर चौधरीले वताउनुभयो । यसका लागि घरधनी,डकर्मी,सिकर्मी,कन्सल्टेन्सी,ठेकेदार सवै पक्षलाई भुकम्प प्रविधी राष्टिय समाज नेपाल एनसेटको प्राविधिक सहयोगमा उपमहानगरले विभिन्न चरणमा तालिम प्रदान गर्ने उहाँले जानकारी दिनुभयो ।

घर नक्सा नवाइन घर वनाउन नपाइने र जस्तो घर नक्सा पास भएको छ त्यस्तै घर वनाउनुपर्ने मेयर चौधरीले प्रष्ट पार्नुभयो ।उपमहानगरका प्रमुख प्रशाशकीय अघिकृत केशव विमलीले भवन निर्माण संहिता कार्यावन्यनका क्रममा भएगरेका कमिकमजोरी हटाएर अव कडाइका साथ कार्यावन्यन हुनेमा जोड दिनुभयो । भवन निर्माण संहिता प्रभावकारी कार्यावन्यन का लागि उपमहानगरले आज तीन चरणमा अन्र्तक्रिया कार्यक्रम गरयो । पहिलो चरणमा इन्जिनियर,ओभरसियर र कन्सल्टेन्सी सँग कसरी भवन संहितालाई प्रभावकारी रुपमा कार्यावन्यन गर्न सकिन्छ भन्ने बिषयमा अन्तक्रिया गरियो । त्यसपछि भवन निर्माण ब्यवसायी सँग छलफल गरिएको छ । ब्यवसायीहरुले अनुगमनलाई नियमित र प्रभावकारी वनाउनु पर्नेमा जोड दिएका छन ।

तेश्रो चरणमा संचारकर्मी सँग अन्तक्रिया गरिएको छ । अन्तरक्रियामा इटहरी उपमहानगर घर नक्सा फाँट प्रमुख विकास भट्टराईले अव अनुगमनलाई प्रभावकारी नियमित र ब्यवस्थित वनाइने प्रष्ट पार्नुभयो । उहाँले भवन संहिताको प्रभावकारी कार्यावन्यनका क्रममा कहि कुनै पक्षवाट कमिकमजोरी भएको पाइए कारवाहीको प्रक्रियामा जाने वताउनुभयो । घर नक्सा फाँटलाई ब्यवस्थित वनाउन थालिएको र चाडै टोकन सिस्टम लागु गर्ने उहाँको भनाई छ ।इटहरीमा बर्षमा तीन हजार वढि नयाँ घर वन्ने गरेका छन । ३० वटा कन्सल्टयान्सीले सेवा प्रदान गरिरहेका छन । साढे पाँच सय निर्माण ब्यवसायी,मेसन,डकर्मीले भूकम्प प्रतिरोधी घर निर्माण सम्वन्धि तालिम लिइसकेका छन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia