मोरङ। मोरङको सुनवर्षी नगरपालिका-६ खिर्कीडाँगीमा मंगलवार सिटी सफारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. १ ह ६८४६ नम्बरको सिटी सफारी आँफै अनियन्त्रित दुर्घटना हुँदा सफारीमा सवार सुनवर्षी नगरपालिका-९ खुनियावारी ९ बस्ने बर्ष २५ को सूर्यनारायण पासवान घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका पासवानलाई उपचारको लागि कोशी अंचल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । सफारीका चालक फरार रहेकोले खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia