माेरङ / विराटनगर महानगरपालिका –१५ बाट प्रहरीले मलद्धवारमा राखेर लागुऔषध लिएर आउँदै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका –१० का २२ वर्षीय रेजी शेर्पा र २७ वर्षीय सुवास प्रधानलाई मंगलबार साँझ पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्ने क्रममा भारतको जोगवनीबाट उनीहरुले मलद्धवारमा लागुऔषध राखेर ल्याएको पत्ता लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले पाँच एम्पुल डाईजेल्याब, ११ एम्पुल लुपिजेसिक र १३ एम्पुल एभिल बरामद गरेको छ । दुबै जना विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्धा चलाउन आज म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।








