इनरुवा । नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशको अध्यक्षमा सुनसरीका ईसराइल मन्सुरी निर्वाचित भएका छन् । नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशको अध्यक्ष ईसराइल मन्सुरीको नेतृत्वमा बिहीबार २१ सदस्यीय समिति सर्वसम्मत बाट चयन भएका हुन । नेपाली काङ्ग्रेस जिल्ला पार्टी कार्यालय मोरङको बिराटनगरमा प्रदेश स्तरीय समितिको घोषणा तथा प्रमाणपत्र वितरण कार्यक्रममा सुनसरी भोक्राहा नरसिंह निवासी मन्सुरीको नेतृत्वमा २१ सदस्यीय समिति सर्वसम्मत बाट चयन भएको घोषणा गरिएको हो ।

नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशको मन्सुरीको नेतृत्वमा घोषित कार्यसमितिको पदाधिकारीहरुमा मोरङका महताब आलम पुरुष उपाध्यक्ष, झापा निवासी फुलेरा खातुन महिला उपाध्यक्ष, सुनसरी भुटाहाका नईम अन्सारी सचिव, मोरङका सहाब अहमद गुड्डु सहसचिव, सुनसरीकी रुकसेना अख्तर महिला सहसचिव यसैगरी कोषाध्यक्ष पदमा मोरङका आविद अन्सारी, सहकोषाध्यक्षमा झापाका हारुन रशिद सर्वसम्मतिले चयन भएका छन् ।

यसैगरी नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशको सदस्यहरुमा झापाका सैफुद्दिन हक, झापाकै मास्टर नशरुल्लाह नदवी, अलि आलम, मोरङका ईस्राफिल शेख, सहवाज हक, रियाज अहमद, सजान मिया, सुनसरीका सदरुल अन्सारी, नईम खा, उदयपुरकी ढकनी खातुन, काशिम मिया, सुनसरीका अलिम अन्सारी र मोरङका समि अहमद खा निर्वाचित भएका छन् । निर्वाचित सबैलाई बिहीबार बिराटनगरमा आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia