माेरङ । तीनवटा गोलीसहित पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरालाई प्रहरीले अनुसन्धानकालागि शुक्रबार सात दिनको म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बिहीवार साझ गोलीसहित पक्राउ परेका नरेन्द्र विश्वकर्मालाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अनुसन्धानकालागि सात दिनको म्याद थप गरेको हो । कालिकोट घर भएका २७ वर्षीय विश्वकर्मा सानो चाइनिज पेस्तोलमा प्रयोग हुने तीनवटा गोलीसहित विराटनगर विमानस्थलबाट बिहीबार साँझ पक्राउ परेका थिए ।केही दिन अघि पूर्व आएका विश्वकर्माले विराटनगर विमानस्थलबाट काठमाडौं जाने तयारी गर्दै गर्दा झोला चेकजाँच गर्दा गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उनी यति एयरलायन्सको जहाजबाट बिहीबार साँझ ५ः५५ को फ्लाइटमा काठमाडौं जाने तयारीमा थिए । विमानस्थलमा रहेको एक्सरे मेसिनमा झोला चेकजाँच गर्दा गोली भेटिएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बराह सहकारी ठगी: फरार संस्थापक शिव कुमार विश्वकर्मा (लामिछाने) सहित दुई पक्राउ
सुनसरी, धरान: सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा फरार बराह बचत तथा ऋण सहकारीका संस्थापक शिव कुमार वि...
राजमार्ग हरियाली अभियान: डिभाइडरका बिरुवामा दमकलबाट मलजल
धरान–विराटनगर मुख्य राजमार्गको डिभाइडरमा रोपिएका साना बिरुवाहरूको गोडमेल गरी, दुहबी नगरपालिकाको दमकलको सहयोगमा पानी हाल्...
दुहबीमा छठ पूजा घाट निर्माण कार्य तीव्र
हिन्दू धर्मावलम्बीहरूको महान् आस्था र श्रद्धाको पर्व छठ पूजालाई भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले दुहबीम...
धरानमा दुई राउण्ड हवाई फायर गरी २०९ किलो गाँजासहित पाँच जना पक्राउ
सुनसरीको धरान उप-महानगरपालिका–२० च्यान डाँडाबाट प्रहरीले २ राउण्ड हवाई फायर गरी करिब २०९.४२ किलोग्राम लागूऔषध गाँजा र दु...
सम्बन्धन नलिएका संस्थाबाट तालिम सञ्चालन नगराउन सुनसरीका सबै स्थानीय तहलाई VSTPA को आग्रह
इनरुवा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धन/स्वीकृति नलिएका संस्थाले सीपमूलक तालिम सञ्चाल...
आँधी र भारी वर्षाको जोखिम
इनरुवा। जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनअनुसार आगामी कात्तिक ११ देखि १५ गतेसम्म चक्रवात आँधी र भारी वर्षाको उच्...








