उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका-६ लालपत्ताबाट ६ बर्षीया बालिकालाई जबरजस्ती करणीको गरेको आरोपमा १ जना पक्राउ परेका छन् । शुक्रवार दिउँसो पिडित बालिकाको घर छेउमा स्थानीय ४५ बर्षीय काजि भन्ने राम बहादुर बि.क.ले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सुचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले निजलाई घटनास्थलबाट नै पक्राउ गरेको हो । पक्राउ परेका बि.क. को सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia