इनरुवा। १०९ औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत चारजना महिला प्रहरी सम्मानित भएका छन् । जिल्लामा लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणमा विशेष भूमिका निर्वाह गरेको ठहर गर्दै जिप्रका सुनसरीले उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा दुईजना जिप्रका सुनसरीमा कार्यरत छन् भने बाँकी दुई सीमा प्रहरी चौकी भण्टाबारीमा कार्यरत छन् ।

कार्य प्रगति र संगठनको उच्च मूल्याङनका आधारमा सम्मानित हुनेहरुमा प्रनानि बिनुमाया बस्नेत, प्र.ह. रिता माझी, प्र.ज.पार्वता बर्मा र प्र.का.स. सृजना चौधरी रहेका छन् । उनीहरु सबैलाई सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले नगद सहित सम्मान गरेका हुन् । सम्मान पत्रमा सम्मानित हुनेहरुलाई सम्बोधन गर्दै नारी दिवसका अवसरमा जिल्लामा लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणमा विशेष भूमिका निर्वाह गर्ने महिला प्रहरीहरुलाई सम्मान गरिनु गौरवको विषय भनि उल्लेख गरिएको छ ।









