सुनसरी। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले राजनीति परिवर्तनको निम्ति बलिदान गर्ने सहीद र बेपत्ताहरुको सपना अहिलेको सरकारले पूरा गर्ने बताइन् ।

ईटहरी स्थित वाइ.सी.एल.सुनसरी मोरङ द्वारा आयोजित सहिद तथा बेपत्ता परिवार विशेष अभिनन्दन कार्यक्रममा बोल्दै उक्त कुरा मन्त्री चौधरीले बताइन । नेपाल सार्वभौम सत्ता सम्पन्न र स्वतन्त्र देश भएकोले भौगोलिक अखण्डतामा आच आउने गरि कसै सङ्ग कुनै किसीमको सम्झौता नेपाल सरकारले नगरेको पनि राज्य मन्त्री चौधरीले बताइन ।
तराई मधेस नेपाल भित्रकै एउटा भु-भुभाग हो र म तेही ठाउको जनप्रतिनिधि पनि हु । तेहाको जनताले नेपालको नयाँ संविधानलाई स्विकार्दै निर्वाचन बाट आफ्नो अभिमत जाहेर गरि सकेको हुनाले अब संघीय प्रतिनिधि सभा र सरकारले गरेको कुरा नै सही हुने र यसमा कोही पनि भ्रमित हुनुहुदैन मन्त्री चौधरीले बताइन। कृषि क्षेत्रको समग्र बिकासको योजना सहीत यो बर्ष हजारौं युवाहरुलाइ कृषिमा रोजगारी दिने गरि प्लानीङ्ग भैइरहेको राज्य मन्त्री चौधरीले बताइन । तिनै तहका सरकारहरुको शक्ति बिनियास, विभिन्न कानुनहरुको निर्माण भैइ सकेको र केही हुने क्रममा भएको हुनाले अबको आर्थिक बर्ष अब बिकासमा लाग्ने मन्त्री चौधरीले बताइन । कार्यक्रममा सहिद बेपत्ता परिवारहरु अभिनन्दन पत्र प्रदान गरी सम्मान गरेको थियो ।









