मोरङ । एक किशोरीलाई यौनधन्दामा लगाएको आरोपमा होटल सञ्चालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ । उनलाई होटलसम्म पुर्याउने सिरहा धनगढीमाई नरगरपालिका– ११ नैनपुर घर भई विराटनगर बस्दै आएका सन्तोष परियार, किशोरीलाई लैजान प्रयोग भएको बा १८ च ३१०६ नम्बरको कार सहित चालक सिरहा लहान–७ घर भई विराटनगर ६ बस्दै आएका २९ बर्षका नुर जमाल, विराटनगर– ४ स्थित वेलकम होटल सञ्चालक ५० बर्षका आशिष महतो र ४० बर्षकी सुशीला अधिकारीलाई पक्राउ गरेको हो ।

घरमा झगडा गरी चैत ३ गते बाट बेपत्ता १६ बर्षकी युवतीलाई काम लगाईदिने भन्दै विराटनगर– ४ मा रहेको वेलकम होटलमा पु¥याएर अवैध यौन धन्दामा लगाउने लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । किशोरीलाई सिरहासम्म पुर्याएर अवैध कार्यमा लगाएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार एक समूहले किशोरीलाई सिरहाको लहान, सुनसरीको इटहरीका होटलहरुमा केही दिन राखेर विराटनगर ल्याइएको थियो । तर चैत १७ गते विराटनगरबाट उत्तरतर्फ लैजादै गर्दा प्रहरीले बरगाछी चोकबाट किशोरीको उद्धार गरी चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका चारै जनालाई मानव बेचबिखन तथा ओसार पसार मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप गराइसकेको मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia