इनरुवा। सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रमका बक्ता काँग्रेस नेताहरुले अहिलेको सरकार जनपक्षिय नभएको कारण राष्ट्रिय जनजागरण अभियान सञ्चालन गर्नु परेको वताएका छन । नेपाल प्रेस युनियन सुनसरीले राष्ट्रिय जनजागरण अभियान अन्र्तगत सुनसरीमा खटिएका काग्रेस नेताहरुसंगको संवाद कार्यक्रममा बोल्दै काँग्रेस नेताहरुले अहिले दुई तिहाइको सरकार जनपक्षिय नभएको आरोप लगाएका हुन ।

काँग्रेसले गत भाद्र २४ गतेबाट देशभर दोस्रा राष्ट्रिय जनजागरण अभियान सञ्चालन गर्दै आएको थियो । काग्रेसले चलाएको दोस्रो जनजागरण अभियानका लागि जिल्लामा आएका प्रतिनिधिहरुले गरिवको पहुँच भन्दा टाढा राजनिती गइरहेको अवस्था पाएको समेत उनीहरुले वताए । जनमुखी काम गर्न सरकारलाई दबाव दिदै अघि बढ्न जनताले काग्रेसलाई सुझाव दिएको समेत कार्यक्रमका बक्ताहरुले वताएका थिए । कार्यक्रम नेपाली काँग्रेस सुनसरीका सभापति तथा प्रदेश नम्बर १ का विपक्षी दलका नेता राजिव कोइराला , केन्द्रीय प्रतिनिधिहरु सुभाष पोखरेल , आन्दसंतोषी राई , बीन बिश्वकर्मा , धनकुमार लिन्खा , दिलिप गच्छदार , सुकदेव प्रसाद मण्डल , प्रतिनिधी सभा सदस्य सिताराम मेहता , प्रदेस नम्बर १ प्रदेससभा सदस्य नबोदिता चौधरी लगायतले बोलेका थिए ।











