सुनसरी। मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँबाट तास खेलिरहेका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलवार साँझ ६ बजे स्थानीय गौतमराज पोखरेलको घरमा तास खेलिरहेको भन्ने सूचना पाएसंगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा घर धनी सहित सुन्दरहरैचा– ७ बस्ने टेक बहादुर बि.क., भुपाल पौडेल, रेवत रायमाझी, कुल प्रसाद लुईटेल, हिरण्य प्रसाद कोईराला, हिरा भट्टराई, प्रदिप कुमार शाह, बिनोद चौधरी, उमेश बहादुर थापामगर, रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता राजकुमार खिउजुले जानकारी दिनुभयो । त्यसैगरी सुन्दरहरैचा– ९ का सजाद मिया, सुन्दरहरैचा-११ का जय प्रसाद घिमिरे, गोपाल पौडेल, काजीराम बस्नेत र मधु कुमार घिमिरेलाई पक्राउ गरेको हो । तासको खालबाट प्रहरीले ९७ हजार ९ सय नगद समेत बरामद गरेको छ भने निजहरुलाई जुवा ऐन अन्तरगत कानूनी कारवाही प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बराह सहकारी ठगी: फरार संस्थापक शिव कुमार विश्वकर्मा (लामिछाने) सहित दुई पक्राउ
सुनसरी, धरान: सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा फरार बराह बचत तथा ऋण सहकारीका संस्थापक शिव कुमार वि...
राजमार्ग हरियाली अभियान: डिभाइडरका बिरुवामा दमकलबाट मलजल
धरान–विराटनगर मुख्य राजमार्गको डिभाइडरमा रोपिएका साना बिरुवाहरूको गोडमेल गरी, दुहबी नगरपालिकाको दमकलको सहयोगमा पानी हाल्...
दुहबीमा छठ पूजा घाट निर्माण कार्य तीव्र
हिन्दू धर्मावलम्बीहरूको महान् आस्था र श्रद्धाको पर्व छठ पूजालाई भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले दुहबीम...
धरानमा दुई राउण्ड हवाई फायर गरी २०९ किलो गाँजासहित पाँच जना पक्राउ
सुनसरीको धरान उप-महानगरपालिका–२० च्यान डाँडाबाट प्रहरीले २ राउण्ड हवाई फायर गरी करिब २०९.४२ किलोग्राम लागूऔषध गाँजा र दु...
सम्बन्धन नलिएका संस्थाबाट तालिम सञ्चालन नगराउन सुनसरीका सबै स्थानीय तहलाई VSTPA को आग्रह
इनरुवा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धन/स्वीकृति नलिएका संस्थाले सीपमूलक तालिम सञ्चाल...
आँधी र भारी वर्षाको जोखिम
इनरुवा। जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनअनुसार आगामी कात्तिक ११ देखि १५ गतेसम्म चक्रवात आँधी र भारी वर्षाको उच्...








