विराटनगर । विराटनगर महानगरपालिकाले सडक निर्माणमा चासो नदिएको भन्दै विराटनगर–६ का स्थानीयले मेयर भीम पराजुलीको तस्बीर सडक पोलमा टाँगेका छन् । कोशी राजमार्गबाट शिवमन्दिर चोक हुँदै पश्चिमतर्फ जानेबाटो निर्माण नभएपछि स्थानीयबासीले मेयरको तस्बीर राखेर ‘हाम्रो विराटनगर राम्रो विराटनगर’ सौजन्य पीडित वडाबासीहरू’ लेखिएको पोष्टर बिजुलीको पोलमा राखेका हुन् ।

समयमा नै सडक नबनाएपछि काठमाडौंमा सर्वसाधरणले ठेकेदारको तस्बीर सवारी साधन र सडकमा टाँसेर विरोध गरेका थिए । स्थानीयबासीले मेयरको फोटो राखेर भद्र विरोध गरेका हुन् । सडकबाट आर्जित भएकाहरुले मंगलबार बिहान भद्र विरोध स्वरुप पोलमा तस्बीर टाँगेको स्थानीय टेकेन्द्र भट्टराईले बताए । विराटनगर महानगरपालिकामा भित्र ढल तथा नाला निर्माण गर्नेगरी क्षेत्रीय सहरी विकास परियोजना सञ्चालित छ । परियोजनाको काम समयमा नै सम्पन्न नहुँदा नगरबासीले समस्या भोग्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia