- जयकृष्ण यादव

इनरुवा। सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रमका सारोकारबालाहरुले दलित अधिकार कार्यान्वयमा राज्य उदासिन रहेको गुनासो गरेका छन् । कार्यक्रममा प्रदेश १ का उपसभामुख सरस्वती पोखरेलले देशमा समावेशीकरणले दलित महिलाले स्थान पाएको तर सबै अधिकारको अझैसम्म उपभोग गर्न नपाएकाले त्यसको पूर्ण कार्यान्वयनमा जोड दिनुभयो । वहाँले जातीय विभेद, छुवाछूत र उत्पिडन समेत केही मात्रामा कायम भएकोले त्यसलाई चिर्न जरुरी रहेको बताउनुभयो । वहाँले दलित समुदायको पहुच र शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।वहाँले दलित समुदायको पिडादायी अवस्थालाई कम गर्न प्रदेशमा सहभोजको आयोजना गर्नुपर्ने, शिक्षामा पहुच र सचेतना फैलाउनुपर्ने तथा उनीहरुको दक्षता र क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मानव अधिकार सञ्जाल सुनसरीका अध्यक्ष रमेश भट्टराई, गैरसरकारी संस्था महासंघ सुनसरी अध्यक्ष विनोद विक, सचिव श्यामसुन्दर मेहता, मेघराज न्यौपाने, अगुवा जितेन्द्र पासवान , दिलिप रसाइली , जिल्ला समन्वय समिति सुनसरी उपप्रमुख कृष्णाा विक, भविन्द्र विक, अनिता उराँव , ईन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादव लगायतकाले दलित अधिकारको विषयमा बोल्नुभएको थियो ।भट्टराईले प्रत्येक वडामा महिला र दलितको उपस्थिति भएको तर प्रयाप्त नभएको बताउनुभयो । कार्यक्रममा उदयपुर, सुनसरी र मोरगं सहितको दलित अधिकारकर्मी, सरोकारबालाहरु सहितका सरोकारबालाहरुले दलितको पक्षमा कानुन भए पनि कार्यान्वयन फितलो रहेको गुनासो गरेका थिए । कार्यक्रममा समृद्ध नेपाल सुखि नेपालीको नारा सकार गर्न समाजिक र मानवीय विकास गर्नुपर्नेमा जोड दिएका थिए । गाँस,बाँस कपास, शिक्षा , स्वास्थ्य , रोजगार र अन्य अधिकार समेतको उपभोगमा समस्या रहेको सहभागीले बताएका छन् । सरकारले ल्याएको संविधान र कानुनको कार्यान्वयन सन्तोसजनक नभएको समेत अधिकारकर्मी चेतनारायाण रसायलीले गुनासो गर्नुभयो । सुनसरीको ईटहरीमा युपिआर सम्बन्धि प्रतिवेदनमा सुक्षाव तथा परामर्श गोष्ठि कार्यक्रम बुधबार दलित गैरसरकारी संस्था महासंघका केन्द्रिय उपमहासचिव डिबी शाहशंकरको अध्यक्षतामा सम्पन्न भएको थियो । नेपाल सरकार र नागरिक समाजले विश्वयापि आविधक समिक्षा युपिआर प्रतिवेदनमा दिने सुझाव दिने क्रममा ईटहरीमा पनि कार्यक्रम गरिएको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia