विराटनगर । सुनसरीको दुहवी नगरपालिका–१२ केशलीया खोला किनार नजिकै वीभत्स अवस्थामा युवकको शव फेला परेको छ । विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहवी नगरपालिका–१२ बुकडोरीको सीमाना भएर बग्ने केशलीयाको पश्चिम सुनसरीतर्फ किनारमा पराल र बालुवाले छोपिएको अवस्थामा युवकको शव मंगलबार बिहान फेला परेको हो । खाल्डोमा बालुवा र परालले पुरेको अवस्थामा भेटिएका युवकको पहिचान खुलेको छैन ।

मंगलबार बिहान शव भेटिएपछि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिए । पराल र बालुवाले पुरेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरीले शव निकालेर पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको शर्माले बताए । शरीरमा लगाएका कुनै पनि कपडा नभएको र अनुहार तथा टाउको किच्याएर चिन्नै नसक्ने अवस्थामा छ । प्रहरीले केही दिनअघि हत्या गरी शव लुकाउन खाल्डोमा हालेर पराल र बालुवाले छोपेको बताएको छ । बाँस झ्याङनजिकै रहेको घटनास्थलमा वरपर लतपतिएको रगतका टाटाहरू छन् । घटनास्थलबाट शवसँगै रगत लागेको एउटा इँटा र च्यातिएको मखलर (गलबन्दी) को टुक्रा फेला परेको छ ।
हत्या गरेर फ्यालिएका युवाको उमेर अन्दाजी २०र२५ वर्ष जस्तो देखिन्छ । घटनाको प्रकृति हेर्दा कुनै रिसिईबीका कारण केही न केही नियत राखेर हत्या गरे जस्तो देखिने प्रहरीले बताएको छ । घटनास्थलबाट नजिकै दक्षिण–पश्चिममा विराटनगरबाट बुकडोरीतिर जाने पक्की सडक पनि छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia