धरान। १५ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा धरानबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका- ६ पानवारीमा एक बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पानवारी प्रहरी चौकीमा पिडितले दिएको मौखिक उजुरीको आधारमा धरान ६ पानवारी बस्ने अन्दाजी ३४,३५ बर्षिय सन्तोष कार्कीलाई पानवारी प्रहरीले पक्राउ गरेको पानबवारी प्रहरी चौकीका प्रमुख असई भेषबहादुर राउतले बताए ।
१५ बर्षीय ती बालिकालाई स्थानीय एक युवकले बाबु आमा नभएको बेला स्कुटी सिकाइ दिने बहानामा जंगलमा लगेर बलात्कार गरेको प्रहरी चौकी पानवारीले जानकारी दिएको छ । प्रहरी चौकी पानवारीले आरोपितलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय धरान पठाइसकेको छ ।घटना केही दिनअघिको भए पनि पीडित वालिकाको अभिभावक धरान बाहिर गएकाले उनीहरु फर्किएपछि मात्र यो घटना सार्वजनिक भएको हो ।बलात्कारको आरोपीलाई इलाका प्रहरी कार्यालयमा ल्याईएको र घट्नाबारे अनुुसन्धान भइरहेको इप्रकाका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।








