राजविराज। कर्तव्य जान मुद्दामा १४ बर्षदेखि फरार रहेका दूई प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जिल्ला सप्तरी साविक डिमन गाबिस वडा नं १ बस्ने दिलिप कुमार यादव गोली हानी हत्या गरेको मुद्दामा उनीहरु फरार भएका थिए । पक्राउ पर्नेमा जिल्ला सप्तरी साविक गाविस वडा नं. १ वस्ने बर्ष अन्दाजी ५३ को सुकदेव यादव र सोही ठाउँ बस्ने ३७ बर्षको विनोद कुमार यादवलाई जिल्ला सुनसरी इनरुवा नगरपालिका वडा नं. ९ मा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली र इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी नायब निरिक्षक समेतको संयुक्त टोलीले उनीहरुलाई फेला पारी पक्राउ गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ । उनीहरुलाई नियन्त्रणमा लिई गोली हानी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान कार्य भईरहेका जानकारी जिल्ला प्रहरी कार्यालय सप्तरीका सहायक सूचना अधिकारी प्रहरी निरिक्षक बाबुराम कार्कीले जानकारी दिनुभयो ।
यसैगरी सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर २ महादेवपट्टिमा रहेको महुली खोलाका पुलबाट अबैद्य रुपमा ल्याउँदै गरेको कपडा प्रहरीले बरामद गरेको छ ।प्रहरीको गाडी मोबाइल टोलीले पूर्वबाट आउन यात्रुबाहक बसलाई रोकी जाँच गर्ने क्रममा भारतबाट अबैद्य रुपमा भन्साल छली ल्याउँदै गरेको त्रिचालिस हजार रुपैया बराबरीको रेडिमेड कपडा बरामद गरेको छ ।
उक्त बरामद गरिएको रेडिमेड कपडा नियन्त्रणमा लिई भन्सार कार्यालय बुझाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।








