३० पुस, झापा।मेसिनरी औजारले काटेर दुई टुक्रा भएको हात बिर्तामोडको वी एन्ड सी अस्पतालका चिकित्सक जोड्न सफल भएका छन् । बुधबारे–१ का हर्कबहादुर सुब्बाको हात मेसिनले काटेर दुई टुक्रा भएको थियो । काठ मिलका मजदुर ५० वर्षीय सुब्बा २७ पुसमा देब्रे हात काटिएपछि बी एन्ड सी अस्पतालमा भर्ना भएका थिए । बिहान साढे ११ बजे अस्पताल भर्ना भएका सुब्बाको सात घन्टा लामो प्रयासमा शल्यक्रिया सफल भएको हो । अस्पतालका अर्थाेपेडिक सर्जन डा. निराजन पराजुली नेतृत्वको चिकित्सकीय टोलीले सुब्बाको शल्यक्रिया गरेको थियो । ‘छालाको सानो भाग मात्रै काटिन बाँकी रहेको अवस्थामा उनी भर्ना भएका थिए,’ डा. पराजुलीले भने, ‘आधुनिक प्रविधि, उपकरण र लामो शल्यक्रियाको प्रयासले उनको हात जोड्न सफल भयौँ ।’ आधुनिक किसिमको माइक्रोस्कोपको सहायताले काटिएका सबै नसालाई जोड्न चिकित्सक सफल भएका छन् । माइक्रोस्कोप अस्पतालले एक साताअघि तीन करोडमा खरिद गरी ल्याएको थियो । चिकित्सकका अनुसार राजधानीबाहिर बी एन्ड सीमा पहिलोपटक यस्तो जटिल प्रकृतिको शल्यक्रिया सम्भव भएको हो । हाल सुब्बाको स्वास्थ्य अवस्था सामान्य छ । ‘शल्यक्रियापछि नसामा रगत प्रवाहको अवस्था राम्रो देखिएकाले हामी निकै आशावादी भएका छौँ,’ हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा. उमेश शर्माले भने । नयापत्रिकाबाट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बराह सहकारी ठगी: फरार संस्थापक शिव कुमार विश्वकर्मा (लामिछाने) सहित दुई पक्राउ
सुनसरी, धरान: सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा फरार बराह बचत तथा ऋण सहकारीका संस्थापक शिव कुमार वि...
राजमार्ग हरियाली अभियान: डिभाइडरका बिरुवामा दमकलबाट मलजल
धरान–विराटनगर मुख्य राजमार्गको डिभाइडरमा रोपिएका साना बिरुवाहरूको गोडमेल गरी, दुहबी नगरपालिकाको दमकलको सहयोगमा पानी हाल्...
दुहबीमा छठ पूजा घाट निर्माण कार्य तीव्र
हिन्दू धर्मावलम्बीहरूको महान् आस्था र श्रद्धाको पर्व छठ पूजालाई भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले दुहबीम...
धरानमा दुई राउण्ड हवाई फायर गरी २०९ किलो गाँजासहित पाँच जना पक्राउ
सुनसरीको धरान उप-महानगरपालिका–२० च्यान डाँडाबाट प्रहरीले २ राउण्ड हवाई फायर गरी करिब २०९.४२ किलोग्राम लागूऔषध गाँजा र दु...
सम्बन्धन नलिएका संस्थाबाट तालिम सञ्चालन नगराउन सुनसरीका सबै स्थानीय तहलाई VSTPA को आग्रह
इनरुवा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धन/स्वीकृति नलिएका संस्थाले सीपमूलक तालिम सञ्चाल...
आँधी र भारी वर्षाको जोखिम
इनरुवा। जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनअनुसार आगामी कात्तिक ११ देखि १५ गतेसम्म चक्रवात आँधी र भारी वर्षाको उच्...









