सप्तरीमा बिहीबार निर्घात कुटपिट र महिला माथि अमानवीय व्यवहारको घटना सार्वजनिक भएको छ ।जिल्लाको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ५ भिमार टोलमा बिहीबार विहानै भएको छिमेकी पुरुषहरु बीचको विवादमा झगडा छोडाउन गएकी एक स्थानीय महिलालाई स्थानीय देवकिशुन साह उनकै छोरा सरोज साह, लालमोहन यादव सहितले अभद्र तरिकाले दुर्व्यहार गरेका छन् ।

गाउँमा बसेको पञ्चायतमा स्थानीय दुर्गी यादव तिर्थिया यादव सकल यादव सोनी साह सरोज साह देवकिशुन साह लगायतको समुहले त्यहीका बुधमल साह र उनकै छोरा शिवकुमार साह माथि एक्कासी आक्रमण गर्दै ज्यान मार्ने गरी निर्घात कुटपिट गरिरहँदा बचाउन गएकी पिडित बुधमल साहको बुहारी माथि स्थानीय देवकिशुन साह, सरोज साह लगायतले आफुतिर आईलागेको र जिउमा लगाएको लुगा समेत च्यात्दै आफुमाथि अमानवीय तरिका सहित अभद्र रुपले व्यवहार गरेको पिडित महिलाले बताईन् । कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागि रक्ताम्य अवस्थामा रहेको बाबु छोराको उपचारको लागि एम्बुलेन्सले विराटनगर लगिएको कञ्चनपुर प्रहरीले जानकारी गराएका छन् । यो घटनाका ३ जनै आरोपितहरु प्रहरी हिरासतमा रहेको कञ्चनपुर प्रहरी प्रमुख मकेन्द्र मिश्रले बताए ।








