- दिलिप कुमार साह

राजविराज ।जिल्लाको महदेवा गाउँपालिका वडा नम्बर  ४ को वडाध्यक्ष युगेश्वर साहले स्थानीय एक महिलामाथि कुटपिट गरेको छ।त्यही वडा डाढा टोल बस्ने वर्ष ४२ कि एकल महिला प्रमिला खंगलाई अध्यक्ष साहले कुटपिट गरेको प्रहरीले जानकारी गराए । मेरै घरभित्र पसेर वडा अध्यक्ष युगेश्वर ले आफूमाथि जबर्जस्ती गर्न खोज्दा नमानेर जथाभावी कुटपिट गरेको पिडित महिला ले आरोप लगाएकी छिन। कुटपिटबाट महिलाको शरीरका विभिन्न भागमा चोट लागेर महिलाको गजेन्द्रनारायण सिंह अंचल अस्पतालमा उपचार भइरहेको र यसै बीच पिडितले प्रहरी मा उजुरी समेत गरिसकेको प्रहरी कार्यालय कंचनपुरले बताए ।

कोरोनाको कारण प्रशासन को पुर्व सुचनाको बी पसल नखोल्न टोलमा सम्झाउन जाँदा स्थानियलाई आफूले गाली गलौज गरेको वडा अध्यक्षले स्वीकारे पनि आफूले महिला माथि कुटपिट नगरेको अरूले नै गरेको बताए । यता महिलाले भन्ने सोमबार नौ बजेतिर आफू छोरा छोरी लिई घरमा सुतिरहेको बेला ढोका फोडेर जबर्जस्ती गर्न खोज्दा हल्ला मच्चाई मान्छे बोलाएको निहुमा वडा अध्यक्ष ले मर्नासन्न हुने गरी लठी र हात लातले कुटेको बताउछिन।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia