राजविराज । सप्तरीको बोदे बरसाईन नगरपालिका व्यपारीहरुले विश्व भरि फैलिएको कोरोना (कोभीड १९) भाइरसबाट बच्न निःशुल्क मास्क वितरण गरेको छ । बोदे बरसाईन व्यपार समितिले नगरवासीलाई उक्त रोगको सङ्क्रमणबाट बच्न र बचाउन सहज बनाउने १ हजार मास्क निःशुल्क वितरण गरेको छ ।

बजारमा मास्कको अभाव बढ्दै गएपछि नगरपालिकाका व्यपारीहरुले मास्क खरिद गरेर वितरण थालेका छन् ।देशमा कोरोना भाइरसको जोखिमपूर्ण अवस्था छ, यसबाट बच्न पूर्वतयारीका लागि केही नगरवासीलाई मास्क निःशुल्क वितरण गरेको व्यपार समितका सचिव अनिल प्रसाद सिंहले बताए । इलाका प्रशासन कार्यालय बोदे बरसाईनका प्रमुख सुमन कोईरालाको सहितको टोलीले मास्क निःशुल्क वितरण गरेको छ ।
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0








