- दिलिप कुमार साह

राजविराज । सप्तरीको बोदे बरसाईन नगरपालिकाको तीन वटा कार्यालयमा लाखौ रुपैयाँ बराबरको चोरी भएको छ । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आह्वान गरेको ‘लकडाउन’ कार्यान्वय गराउन सर्वसाधारणहरु घरभित्रै रहँदै आएको मौका छोपेर केही व्यक्तिले वडा नम्वर ३ को कार्यालय तथा कार्यालयसँगै जोडिएको स्वास्थ्य चौकी र अतिरिक्त हुलाक कार्यालयमा ताल्चा तोडेर चोरी गरेको हो ।

वडा कार्यालयबाट राजस्वतर्फ उठाइएको १८ हजार रुपैयाँ, १–१ थान कम्प्युटर र पंखा तथा एक थान इन्टरनेट चलाउने राउटर चोरी भएको वडा अध्यक्ष अनोजकुमार यादवले बताए । ‘लकडाउनको बेला पनि प्रहरीले गस्ती नगर्दा यस्ता घटना भएको भन्दै ‘सरकारले आह्वान गरेको लकडाउनलाई कार्यान्वय गराउन पनि प्रहरीले गस्ती गर्नेतर्फ ध्यान पुर्याउनु जरुरी छ ।‘यस क्षेत्रमा कुनै पनि समयमा प्रहरीले गस्ती गर्ने गरेको देखिदैन्’ भन्दै यस्तै अवस्था रह्यो भने यहाँका सर्वसाधारणहरुले सुरक्षाको अनुभुति कसरी गर्छन् वडा सदस्य मो.सकिल अहमदले बताए ।’

उनले आफुहरुका साथै सर्वसाधारणहरुलाई सुरक्षाको प्रत्याभुति गर्न प्रहरीलाई गस्ती गर्ने–गराउनेतर्फ ध्यान पुर्याउन आग्रह पनि गरे ।पंखा, वीपी इन्टुमेन्ट, वेट मेसिन (गर्भवति महिलाको तौल नाप्ने यन्त्र) र ओटो कलेव मेसिन चोरी भएको स्वास्थ्य चौकी सारस्वरका इन्चार्ज बद्रीनारायण ठाकुरले बताए । ‘आफु विहान आएपछि मात्रै कार्यालयमा चोरी भएको विषयमा जानकारी भएको भन्दै ‘एक त यतिवेला कोरोना भाइरसको समयमा स्वास्थ्य क्षेत्रमा अभाव नै अभाव छ, त्यसमाथि भएको सामान पनि चोरी भयो ।’इन्चार्ज ठाकुरका अनुसार स्वास्थ्य चौकी भवनभित्रै रहेको अतिरिक्त हुलाक कार्यालयबाट पनि केही कागज पत्रहरु चोरी भएका छन । घटनाबारे अनुसन्धान भईरहेको बोदे वरसाईन प्रहरीले जनाएको छ ।
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia