- दिलिप कुमार साह

राजविराज। सप्तरीको रुपनीमा अलपत्र परेका ५० जना कामदारलाई गएराती प्रहरी र स्थानीय सरकारको सहयोगमा उद्धार गरी गन्तव्यतिर पठाइएको छ । लकडाउनमा रोजगार बन्द भएपछि घरतिर हिडेका कामदारहरु रुपनी गाउँपालिका वडा नम्बर १ रुपनी चोकमा अलपत्र परेका थिए । उनीहरु विराटनगर, इटहरी, राजविराज लगायत विभिन्न स्थानहरुबाट घरतिर पैदल हिडेपछि अलपत्र परेका हुन ।

अलपत्र परेका उनीहरुलाई स्थानीय सरकारको समन्वयमा प्रशासनले खाजा खुवाएर गएराती ना. १ क. ६२६७ नम्बरको टिपरमा सर्लाही जिल्लाको लालबन्दीसम्म पुर्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । यसरी अलपत्रमा परेका कामदारहरुमा सर्लाहीका ३८, रौतहटका चार, बाराका चार, सिरहा चार लगायत ५० जना रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएका छन्  ।

https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia