- दिलिप कुमार साह

राजविराज । सरकारद्वारा देशमा लगाइएको लकडाउनको समयमा सर्वसाधारणको घरमा पुगेर दैनिक उपभोग्य सामान पुर्याइदिने रमेश किराना पसलका कर्मचारीलाई प्रहरीले पसल भित्र छिरेर कुटेका छन् । पसलका संचालनक रमेश साहले भने पसल खोलेर अर्डर आएका सामान प्याक गरिरहेका कर्मचारीमाथि प्रहरीले कुटपिट गरे । उनले भने पसलको ग्रिल भित्रबाट बन्द गरेर काम गरिरहेको बेलामा प्रहरीले उक्त ग्रिल खोल्न लगाई कर्मचारी राजु साहलाई कुटपिट गरेको छन् । जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघले संयुक्त रुपमा उपलब्ध गराएको आईडी कार्ड समेत झुण्ड्याएका कर्मचारीलाई कुट्दै लाठीले ठेलेर बाहिर निकालेको पसल संचालक साहले बताए । ‘हामी टेलिफोनमार्फत् अर्डर आएका सामान प्याकिङ गरिरहेका थिए ।

अनलाइनमार्फत सामान बिक्री गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएपछि आफूले व्यवसाय सञ्चालन गरी सर्वसाधारणको घरमा सामान पु¥याउँदै आए पनि प्रहरीले यसरी कुटपिट गर्दा दुःख लागेको उनले बताए । प्रहरीको यस्तो रबैयाले गर्दाखेरी जिल्ला प्रशासनले जारी गरेको अनुभमतिको अबज्ञा भएको स्पष्ट बुझिन्छ । यो लकडाउनको मौका छोपी प्रहरी जवानहरुलाई जुनबेला जसलाई कुटन मन लाग्यो त्यसलाई कुटिदिन्छन् । चाहे त्यो कुनै औषधी लिन किन गएको हो वा डाक्टरलाई भेटन जाँदै गरेको समय होस् प्रहरीले मोटरसाईकिलको साँचो नै खोसी दिन्छन र भन्छ भोली पर्सी जिल्ला प्रहरी कार्यालयमा आउनु खै जनतालाई आफनै सम्पत्तिको साँचो लिन जिल्ला प्रहरी कार्यालय जानु पर्ने बाध्यता रहेको देखिन्छ । प्रहरीको यी र यस्ता रबैयामा परिवर्तन आएन भने सर्वसाधारण जनता कोरोनाले त मर्दैन भोक भोकै अवश्य मर्ने छ राजगढ गाउँपालिका वडा नम्बर ५ का बसन्त कुमार साहले गुनासो पोखेका छन् । यता जिल्ला प्रहरी घटनाको बारेमा सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीले भने, खासै केही भएका छैन् समझाई बुझाई काम भएको उनले बताए ।


https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2

https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4

https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia