राजविराज ।सप्तरीका दुई स्थानीय तहका केही मन्दिहरुमा अज्ञात व्यक्तिहरुले तोडफोड गरेको छ । सप्तरीको सुरुङ्गा नगरपालिका-१० र बलान बिहुल गाउँपालिका- ४ मा रहेको हनुमान मन्दिर र शिव मन्दिरमा अज्ञात व्यक्तिहरुले मंगलबार तोडफोड गरेको गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतले बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण सप्तरी सहित देशभरी नै लकडाउन रहेकोले सोही मौका छोपी केही व्यक्तिहरुले सामाजिक सदभाव विगार्ने प्रयास गरिरहको अध्यक्ष गोइतले बताएका छनु । यस्ता घटनासंगै लकडाउनको पूर्ण पालना गराउन गाउँपालिका भरी सार्वजनिक पोखरी र मन्दिरहरुमा साझ ७ बजे देखि पूर्ण रुपमा रोक लगाईएको र सो अवधिमा अति आवश्यक भएको खण्डमा मात्र सवारी साधन चलाउन दिने निर्णय गरेको अध्यक्ष गोइतले जानकारी दिनुभयो।
यस्तै बिहिवार राती फेरी सुरुङ्गा नगरपालिका-१० थलहामा सदा शिव राम जानकी मन्दिरमा आगजनी भएको छ । नगरपालिकाका मेयर मुक्तिनाथ चौधरीले भने मन्दिरमा रहेको समानहरु जथाभावी फालेर आगजनी गरेको छ । यी दुई गाउँपालिकामा भएको उक्त घटनालाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा निगरानीमा कडाई गरेको गापा अध्यक्ष गोईतले जानकारी गराए । प्रहरी श्रोतले धार्मिक स्थल जस्तै मन्दिर, मस्जिद, थान लगायतको ठाउँमा कडा निगरानी गरिएको दावी गरेको छ । घटनामा संलग्न भएकाहरुको खोजि कार्य तीब्र रुपमा भईरहेको जिल्ला प्रहरी कार्यलय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए ।


https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2
https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0
https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2
https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0








