- दिलिप कुमार साह

राजविराज । सरकारले ल्याएका दुई अध्यादेश फिर्ताको माग गर्दै शुक्रबार नेपाल विद्यार्थी संघ (नेविसंघ)ले राजविराजमा विरोध प्रदर्शन गरेको छ ।विरोध प्रदर्शनमा पाँचजना जम्मा भई कार्यक्रम गरिएको नेविसंघका नेता घनान्नद यादवले जानकारी दिदै भने देशमा अहिले कोरोना भाइरस (कोभिड–१९) को माहामारि फैलिएको अवस्थामा सरकारले राजनीतिक दल विभाजन खुकुलो बनाउने र प्रतिपक्षी दल नेपाली काँग्रेसको नेता उपस्थित नहुँदा पनि बैठक बसी निर्णय गर्न सक्ने गरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको विरोधमा नेपाली काँग्रेसका भातृ संगठन नेविसंघ आन्दोलमा उत्रेका छन् ।

कोरोना महामारीको रोकथाम गर्ने समयमा देशमा अस्थिरता ल्याउन अधिनायकवाद उन्मुख भएर विधेयक ल्याइएकोले विरोध प्रदर्शन गरिएको नेविसंघका जिल्ला कार्यसमिति सप्तरीले जानकारी दिएका छन् । सरकारले तुरन्त अध्यादेश फिर्ता नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी नेविसंघका नेता यादवले जानकारी दिए ।




https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2




https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4

https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0





https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2




https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4

https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia