साउन महिनामा भक्तजनहरु व्रत बसी शिवालयहरुमा पूजाअर्चनाका लागि जाने प्रचलन छ। आज साउन महिनाको पहिलो सोमबार हो तर, यसपटक कोरोना भाइरसको महामारीका कारण शिवालयहरुमा भक्तजनको उपस्थिति कम रहेको छ।

पशुपतिनाथ मन्दिर दर्शनार्थीहरुका लागि खुला गरिएको छैन। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालका अनुसार मन्दिर बन्द नै रहे पनि केही भक्तजनहरु मन्दिर बाहिरबाटै दर्शन गरेर फर्किरहेका छन्। बिहानदेखि नै फाट्टफुट्ट दर्शनार्थी आउने जाने भइरहेको ढकालले बताए । बाहिरैबाट दर्शन गर्ने गरी आउनेलाई सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ।
लकडाउन यता बन्द रहेको मन्दिर छिट्टै खुला गर्नेबारे छलफल चलिरहेको सदस्य सचिव ढकालले बताए। सरकारले २५ जनाभन्दा बढी एक स्थानमा भेला नहुन भनेकाले अन्य शिव मन्दिरहरु पनि प्रायः बन्द रहेका छन्। हिन्दू परम्पराअनुसार साउन महिना शिवको प्रिय महिनाको रुपमा लिइन्छ। सोमबार हिन्दू महिलाहरु व्रत बस्ने गर्दछन्। साउने सोमबारका दिन निराहार व्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। यस्तै, साउने सोमबार शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु तथा घर परिवारमा सुख शान्ति छाउने विश्वास पनि रहिआएको छ।




तपाईको प्रतिक्रिया

trusted online casino malaysia