trusted online casino malaysia
trusted online casino malaysia

दिलिप कुमार साह

०९ भदौ राजविराज । फार्मेसीमा फर्मासिस्ट नहुँदा समस्या बढिरहेको विश्व फर्मासिस्ट दिवसको अवसरमा सरोकारबालाहरुले गुनासो व्यक्त गरेका छन् ।

विश्व फार्मासिस्ट दिवसको अवसरमा आईतबार औषधि व्यवसायी फर्मासिस्ट,  फार्मेसीमा अध्ययन गरिरहेका बिद्यार्थीहरुले विभिन्न नारा लगाउँदै राजविराजको नगर परिक्रममा गरी जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा दिवस मनाएका हुन् ।

फार्मेसीमा फार्मासिस्ट नभएको र औषधिको अनुगमन नहुँदा समस्या बढेको सरोकारवालाहरूले गुनासो गरेका थिए ।फार्मेसीहरूमा फार्मासिष्टभन्दा गैर फार्मासिसष्टहरुले औषधि वितरण गरिरहेकाले त्यसको असर बिरामीलाई गर्ने गरेको र स्थानीय तह मातहतको स्वास्थ्य कार्यालयमा जाने औषधिहरुको अनुगमन नहुने गरेकाले गम्भीर बन्नुपर्ने सरोकारवालाहरुको गुनासो रहेको थियो ।

फार्मासिष्टहरुद्वारा उठान गरेका गुनासाहरुको सम्बोधन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले औषधि पसलहरुमा अनुगमन गरेर दोषीमाथि कारवाही गरिने बताए ।

नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार मनोहर पोखरेलले फर्मासिस्ट औषधि–बिक्रि वितरण गर्ने व्यक्ति मात्र नभएर औषधि उत्पादन, गुणस्तर कायम, औषधि कारखानाको निरीक्षण तथा सिफारिस, उत्पादित औषधिको भण्डारण तथा आपूर्ति लगायतका धेरै क्षेत्रमा काम गर्न सक्षम व्यक्ति भएको बताए ।

सो अवसरमा लामो समयदेखि राजविराजमा औषधि व्यवसाय गर्दै आईरहेका जयश्री जनता डिस्पेन्सरीका संस्थापक मानमल काबरा र रतन ड्रग इन्टरप्राइजेजका संस्थापक स्व. महाविर बैधलाई सम्मान गरिएको थियो ।

फार्मेसी संघ सप्तरीका अध्यक्ष सुजित झाको अध्यक्षतामा आयोजित कार्यक्रममा, प्रहरी उपरीक्षक अविनारायण काफ्ले संघका पूर्व अध्यक्ष टुनटुन यादव, महासचिव दिनेश यादव, सदस्य सिद्धार्थ तातेड, खेलानन्द दास, नेपाल नर्सिंङ्ग संघ सप्तरीका अध्यक्ष लक्ष्मी चौधरी, नेपाल औषधि व्यवसायी संघ सप्तरीका महासचिव अजय झा, तुला माझी  तथा फार्मेसीमा अध्यनरत बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia