trusted online casino malaysia
trusted online casino malaysia

 

दिलिप कुमार साह

०९ भदौ राजविराज । दशैं, तिहार, दिपावली, छठ पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले सुरक्षा कार्ययोजना आइतबार एक कार्यक्रम बिच सार्वजनिक गरेको छ।

चाडपर्व अवधिभर सवारी दुर्घटना, चोरी, डकैती, लुटपाट, आतिसबाजी लगायत बिष्फोटक पदार्थको तस्करी, कालोबजारी, दुर्घटना न्यूनिकरण, झै-झगडा तथा हिंसात्मक घटनाहरू हुन नदिन योजना तयार पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएका छन् ।

जिल्लाभरिमा कार्यरत रहेका प्रहरी जनशक्ति सवारी साधन सहितको श्रोत साधन प्रयोग गरी करिब ७ सय प्रहरी १७ वटा चारपाङर्गे र ३६ वटा मोटरसाईकल प्रयोग हुने जिल्ला प्रहरी सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफलेले जानकारी दिए ।

जिल्लासँग जोडिएको विभिन्न नाका र राजमार्गमा लुटपाट, चोरीका घटनाहरू हुन नदिन संवेदनशिल क्षेत्रलाई विशेष निगरानीमा राखी प्रहरी टोली परिचालन गरिने, सादा पोशाकमा प्रहरी परिचालन र नियमित गस्तीद्वारा अपराधिक गतिविधि बढी हुने स्थानको पहिचान गरी प्रहरी कारबाही अगाडि बढाईने उपरीक्षक काफलेले बताए ।

मदिरा पसल र भट्टीहरूलाई निगरानिमा राखि समयमा नै बन्द गराईने, मेला, पर्व तथा धार्मिक स्थलहरुमा बढी भिड हुने भएकोले महिला भक्तजनहरुको गरगहना, नगद तथा जिन्सी सरसामानहरु चोरी, लुटपाट,  यौन दुर्व्यबहार बढी हुने सम्भावना रहेकोले सादा पोशाकमा महिला प्रहरी समेत परिचालन गरी निगरानी तथा कारवाही गरिने जस्ता कार्ययोजनाहरु रहेको उनले जानकारी दिए ।

लामो दुरीका सवारी चालकको अदली बदलीको अनुगमन गरी क्षमता भन्दा बढी यात्रु बोक्ने, छतमा यात्रा गराउने, अवस्था ठीक नभएका सवारी चलाउने जस्ता कार्यलाई पूर्ण रुपमा नियन्त्रण गर्ने तथा बढी भाडा लिने सवारी साधनलाई कारवाही गर्ने र ।बसपार्कहरुमा यात्रा सुरक्षासँग सम्बन्धित सूचना निरन्तर रुपमा प्रसारण गरी सम्पूर्ण यात्रुहरुलाई सु-सूचित बनाउन इलाका स्तरमा यात्रु सहायता कक्ष राख्ने उपरीक्षक काफ्लेले जानकारी दिए  ।

कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले, जिल्ला श्रमजिवि पत्रकारहरु तथा जिल्ला प्रहरी मातहत कार्यलयका ईन्चार्जहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia