राजविराज । प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव अगामी मंसिर ४ गते घोषणा भएसँगै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सप्तरीको धरमपुरमा भोली हुने बृहत आमसभाको सम्बोधन गर्ने भएको छ ।राष्ट्रिय युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिनुभयो । बृहत आमसभाको चुनाव प्रचार प्रसार समितिले नेकपा एमालेले एउटा बुथमा २० जना युवा स्वयसेवकको रुपमा परिचालन गर्ने जनाएका छन् ।
उक्त योजना बनाएको राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सप्तरीको कञ्चनरूप नगरपालिका स्थित धर्मेश्वर अस्पतालको नजिक रहेको मैदानमा शनिवारे नेकपा एमाले पार्टीका जनसभा कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा सप्तरी जिल्लाका ईन्चार्ज मनिष श्रेष्ठले दिए । जनसभा कार्यक्रममा लगभग ४० –५० हजारका जनसहभागिता गराउने लक्ष्य रहेकोले जिल्ला भरिबाट ३ सय ५० युवा स्वयमसेवक र सुरक्षाकर्मी परिचालन हुने श्रेष्ठले बताए ।केपी शर्मा ओलीले शान्तिपुर्वक आफ्नो अभिव्यक्ति राख्नु हुनुको साथै पार्टीका बिचार, दृष्टिकोण र राष्ट्रिय राजनीति विषयमा जानकारी दिनेछ । जनसभालाई सम्बोधन गर्नका लागि पार्टीका नेताहरु महेश बस्नेत, प्रभु साह, रघुविर महासेठ, दिनानाथ श्रेष्ठ, सिता सुवेदी र किरण पौडेलले समेत गर्ने जानकारी पत्रकार समेलनमा श्रेष्ठले दिएको छ ।पत्रकार समेलनमा असोज १५ गते (शनिवार) हुने आम सभाको तयारी पुरा भईसकेको नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार लेखीले बताए । सप्तरी जिल्ला बिविधताले भरेको हुनाले आमसभाको कार्यक्रममा १५ वटा समूहमा आदिवासी, जनजाती लगायतकाले झाँकी प्रदर्शनको साथै कला संस्कुति प्रस्तुत हुने र कलश यात्राका कार्यक्रम समेत रहेको जानकारी गराएको छ ।पत्रकार समेलनमा नेता दिवाकर देवकोाट, हरिहर बस्नेत, जिल्ला सचिव देवनाथ यादव, नेसार मियाँ, देविबहादुर खत्री र कृष्ण कुमार गुप्तासहितको नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । उक्त आम सभामा कङ्ग्रेस, जसपा र एमाले पार्टीका नेता तथा कार्यकर्ताहरुले नेकपा एमालेमा पार्टी प्रवेश गर्ने समेत जानकारी गराउनुभयो ।