इटहरी । जारी यू–१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज (शुक्रबार) नेपालले भारतसँग खेल्दैछ । नेपालले यसअघि सुपर सिक्स अन्तर्गतको खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको थियो ।

सुपर सिक्सको पहिलो खेलमा भारतले पहिलो खेलमा न्यूजिल्याण्डलाई पराजित गरेको थियो । भारत प्रतियोगिताको सेमिफाइनल नजिक रहेको छ । भारतसँगै सेमिफाइनलको दौडमा समूह १ बाट पाकिस्तान र बंगलादेश रहेका छन् । त्यस्तै नेपाल भने प्रतियोगिताबाट यसअघि नै बाहिरिएको थियो ।

सुपर सिक्सको समूह १ बाट नेपालसहित न्यूजिल्याण्ड र आयरल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिएका छन् । नेपालले समूह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अंक हासिल गर्दै सुपर सिक्समा पुगे पनि अफगानिस्तान सुपरसिक्समा नरहेकाले सो २ अंक नेपालको सुपर सिक्समा नजोडिदा नेपाल अंकविहन भएको हो । आजको खेलपछि नेपालको विश्वकप यात्रा सकिने छ र स्वदेश फर्किने छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia