इनरुवा । आर्थिक वर्ष २०७४/२०७५ सालम ट्राफिक प्रहरी पोस्ट भाणटावारीले ३५ लाख २९ हजार ५ सय बराबरको राजस्व संकलन गरेको छ । नियम उल्लंघन गरी सवारी साधन चलाए बापत ट्राफिक प्रहरी पोस्ट भाणटावारीले आर्थिक वर्ष २०७४ श्रावण महिना देखि २०७५ असार मसान्तसम्म मा सो बराबरको राजस्व संकलन गरेको ट्राफिक प्रहरी पोस्ट भाणटावारीका इन्चार्ज गणेश श्रेष्ठले बताएका छन ।

श्रेष्ठका अनुसार ५ हजार ६ सय ४९ सवारी साधनलाई कार्वाही गरी ३५ लाख २९ हजार बराबरको राजस्व संकलन गरेको हो । ट्राफिक प्रहरी पोस्ट भाणटावारीले आर्थिक वर्ष २०७४/२०७५ सालमा बस कार,जिप,भ्यान,मोटरसाइकल,ट्रायाक्टर,ट्रक सहितका सवारी साधन लाई कार्वाही गरेको थियो । सुनसरीको सीमावर्ती क्षेत्र भएकोले नियम उल्लंघन गरी सवारी साधन चलाउने भारतीय नम्बरको गाडीको संख्या बढी रहेको श्रेष्ठले बताए ।

लाइसेन्स बिना सवारी साधन चलाउने,मापसे गर्ने,ओभर लोड,तीव्र गतिमा गाडी चलाउने लगायतका सवारी साधन लाई कार्वाही गरिएको उनले बताएका छन् । सुनसरीको भाण्टावारी क्षेत्रमा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेपछि केहि महिनायता दुर्घटनाको संख्यामा केहि कमि आएको स्थानीयहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia