इनरुवा रङ्गशालामा सुरु रात्रिकालीन फुटबल प्रतियोगितामा नगर प्रमुख राजन मेहताको टिम बिजयी भएको छ । मेयरको कप्तानीमा मैदान उत्रिएको वडा नम्वर एकले वडा नम्वर चारलाई ५–२ को गोल अन्तरमा पराजित गरेको हो ।गयराती सम्पन्न चार नम्वर विरुद्धको खेलमा वडा नम्वर एकका पुकार श्रेष्ठले ह्याट्रिक पुरा गरेका थिए ।

खेलको ३७ औं मिनेटमा पहिलो गोल गरेका पुकारले दोस्रो हाफको ७८ र ८० औं मिनेटमा थप दुई गोल थपे । टिमकालागि रिसप अधिकारीले दुई गोल गरे ।वडा नम्वर चारका रमेश उराव र आशिष मण्डलले एक–एक गोल गरे । चार नम्वर वडाले केही राम्रा मुभ बनाएपनि गोलमा परिणत गर्न नसक्दा ५–२ को अन्तरमा हारको सामना गर्न बाध्य भयो । प्रतियोगिताको म्याद अफ दी म्याच पुकार श्रेष्ठ घोषित भए ।

प्रतियोगितालाई इनरुवा नगरपालिका र इनरुवा इभेन्ट म्यानेजमेन्टले संचालनमा ल्याएको हो । प्रतियोगिताको औपचारिक उद्घाटन इनरुवा नगरपालिकाका मेयर राजन मेहताले गरेका थिए । उद्घाटन कार्यक्रममा उपप्रमुख जमुना गौतम पोखरेल लगायतको उपस्थिति रहेको थियो । आजको खेल वडा नम्वर २ र ५ बिच हुनेछ ।

प्रतियोगिताको बिजेताले शिल्ड सहित ५० हजार ५ सय ५५ रुपैंया पुरस्कार पाउने छ । उपबिजेता टोलीले २२ हजार २ सय २२ रुपैंया प्राप्त गर्ने इनरुवा इभेन्ट म्यानेजमेन्टका संजोयक राकेश निरौलाले बताए । प्रतियोगिता अवधीभरको मूल्यांकनका आधारमा उत्कृष्ठ ठहरिने दर्शकलाई समेत आयोजकले नगद ५ हजार सहित सम्मान गर्ने छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia