सुनसरी काग्रेसले तरकारी रोपेर मनायो गणतन्त्र दिवस
नेपाली काग्रेस सुनसरीले तरकारी रोपेर १३ औं गणतन्त्र दिवस मनाएको छ ।कोरोना भाइरसको महामारीका कारण औपचारिक कार्यक्रम आयोजना हुन नसकेपछि काग्रेस सुनसरीले तरकारीका बोट रोप्नुका साथै विउ छरेर दिवस मनाएको छ ।लक डाउनसँगै प्रभावित बनेको जनजीवन र दैनिकी उर्जाशील कार्यमा खर्चन उत्प्रेरणा जगाउने नयाँ सोचका साथ दिवस मनाइएको काग्रेस सुनसरीले जनाएको छ ।
https://www.facebook.com/inaruwaonline/photos/a.113597323...












