इनरुवा अनलाईनको पहिलो सर्ट फिल्मः लकडाउन (भिडियो)

इनरुवा अनलाईनको पहिलो सर्ट फिल्मः लकडाउन (भिडियो)
वर्तमान अवस्थाको सामाजिक चित्रण हो लकडाउन A Short Story. हामीले कोरोना भाईरसको माहामारीले समाज र देशमा देशवासीले सामना गर्दै आएको वास्तविकतालाई चित्रण गर्न खोजेका हौ र यस इनरुवा अनलाईनको Short Story को जगतमा पहिलो प्रयास पनि हो। तलको लिंकमा क्लिक गरि पुरा सर्ट फिल्म हेर्न अनुरोध गर्दछौः https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2

नेपालगंजमा थप ७ नयाँ संक्रमित, संक्रमितको संख्या ८२ पुग्यो

नेपालगंजमा थप ७ नयाँ संक्रमित, संक्रमितको संख्या ८२ पुग्यो
नेपालगंजको प्रयोगशालामा आजा भएको परीक्षण अनुसार कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। भेरी अस्पताल, नेपालगञ्जमा भएको परीक्षणको मंगलबार बिहान आएको रिपोर्टअनुसार ७ जना नयाँ संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज-८ का २२, ३० र ४० वर्षका पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन्। मन्त्रालयका अनुसार उनीहरु ...

कोरोना संक्रमित ७५ पुग्यो, नेपालगञ्जमा थप ६ जनामा पुष्टि

कोरोना संक्रमित ७५ पुग्यो, नेपालगञ्जमा थप ६ जनामा पुष्टि
काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ७५ पुगेको छ । आइतबारनै भेरी अस्पताल, नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार थप ६ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्ज ८ का १६, २१ र ३४ वर्षका पुरुष र ४०, ५५ र ६० वर्षीया महिलाहरुमा आइतबार नै कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास...

नेपालगञ्जमा थप ९ जनामा कोरोनाको पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो

नेपालगञ्जमा थप ९ जनामा कोरोनाको पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो
काठमाडौं । बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । डा. देवकोटाका अनुसार संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् । यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो । यससँगै नेपालमा कोरोना संक्...

नेपालमा संक्रमितको संख्या ६० पुग्यो, वीरगन्जमा थप एक जनामा कोरोना

नेपालमा संक्रमितको संख्या ६० पुग्यो, वीरगन्जमा थप एक जनामा कोरोना
आइतबार वीरगन्जमा एक जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। थप एक जनामा कोरोना संक्रमण भेटिएसँगै नेपालमा संक्रमितको संख्या ६० पुगेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका एक ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेसँगै संक्रमितको संख्या ६० पुगेको हो । आइतबार नारायणी अस्पतालले उक्त व्यक्तिमा कोरोना संक्रमण पुष्टि गरेको हो । शुक्रबार ती व्यक्तिको स्वाब संकलन गरिएको थियो । उनी आफैले शंका लाग...

लकडाउन झन कडा गर्न निर्देशन, सीमामा पनि कडाइ

लकडाउन झन कडा गर्न निर्देशन, सीमामा पनि कडाइ
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभर जारी लकडाउन झन कडा गर्न निर्देशन दिएका छन् ।आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाभाइरस संक्रमण नियन्त्रणमा रहेको उल्लेख गर्दै पछिल्लो समय लकडाउनको उल्लंघनको घटना बढेको जनाए । उनले लकडाउन रहेको कारणले नै कोरोनाले भयावह स्थिति हुन नपाएको बताउँदै गृहमन्त्रीलाई लकडाउन झन कडा बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले भारतस...

कोरोना संक्रमितको संख्या ५९ पुग्यो, थप २ मा पुष्टि

कोरोना संक्रमितको संख्या ५९ पुग्यो, थप २ मा पुष्टि
काठमाडौं । नेपालमा दुई जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार रुपन्देहीका २५ वर्षीय र नेपालगंज, बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुबैको अवस्था सामान्य छ । यो संगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५९ ...

साहाराको पर्खाईमा इनरुवा निवासी छेदनी महतो (भिडियो सहित)

साहाराको पर्खाईमा इनरुवा निवासी छेदनी महतो (भिडियो सहित)
महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) ले विश्वनै त्रसित भएको छ । यसले न जात न धर्म, न गरिब न धनि, न ठुलो न सानो भन्छ । यसबाट सबै पिडित भईरहेको वर्तमान अवस्था हो । यस्तो कठिन परिस्थीतीमा अझ गरिबिको चपेटाभित्र रहेकालाई पिडा माथि पिडा थपिएको छ।गरिबीमा हुर्केको जिवन जसोतसो विताउँदै आईरहेकी सुनसरी इनरुवा ४ निवासी छेदनी महतोलाई अहिले देश लकडाउन भएको परिस्थीतिले झन चुनौति बढेको छ । विगतमा श्रीम...

इनरुवा वडा नं. ३ ले लक डाउनमा सामाजिक सुरक्षा भत्ता बाड्दै (भिडियो)

इनरुवा वडा नं. ३ ले लक डाउनमा सामाजिक सुरक्षा भत्ता बाड्दै (भिडियो)
इनरुवा वडा नं. ३ ले लक डाउनमा सामाजिक सुरक्षा भत्ता बाड्दै भिडियो हेर्नकालागि तल क्लिक गर्नुहोस https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2

इनरुवामा सबै घर परिवारको डाटा संकलन गरिदै

इनरुवामा सबै घर परिवारको डाटा संकलन गरिदै
इनरुवा नगरपालिका भित्रका सबै घर परिवारको विवरण संकलन गरिने भएको छ । नगरपालिकाको कार्यालयले स्वयंसेविकाहरुलाई खटाएर हरेक घरधुरीको डाटा संकलन गर्न लागेको हो । जसकालागि स्वयंसेविकाहरुलाई प्रशिक्षण समेत दिईसकिएको छ । इनरुवा नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण फोकल पर्सन सन्तोष देवका अनुसार ९८ जना स्वयंसेविका डाटा संकलनको कार्यमा खटिने छन् । कोरोना भाइरसको जोखिमका बिच नगरवासीको स्वास्थ्य अवस्थ...
trusted online casino malaysia