डुम्राहा र इनरुवामा स्वास्थ्य शिविर
इनरुवा/सुनसरीको डुम्राहा र इनरुवामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सर्वसाधारणका घरआँगनमा पुगेर सुलभ स्वास्थ्योपचार पु¥याउने उद्देश्यसाथ सञ्चालित दुई दिने शिविरमा एक हजार बढीले स्वास्थ्य चेकजाँच गराएका छन् ।
माउण्टेन हर्ट नेपाल र इनरुवा नगरपालिकासँगको सहकार्यमा आयोजित स्वास्थ्य शिविरमा जेष्ठ नागरिक, असहाय, अशक्त साथै महिला तथा बालबालिकाहरुले बढी लाभ उठाएका थिए । डुम्राहामा अघिल्लो द...












