सुनसरीमा आमसञ्चार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुनसरीमा आमसञ्चार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
१३ बुधबार, इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा आज बुधबार विभिन्न संचारमाध्यममा कार्यरक्त संचारर्मीहरुको उपस्थितीमा आमसञ्चार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो सम्पन्न कार्याक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरक्त सञ्चारकर्मीहरुले दोश्रो चरणमा मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य पदका निर्वाचनमा पत्रकारको सुरक्षा, मुख्य निर्वाचन अधिकृतको कार्यालयल...

सुनसरीका मतदान अधिकृतहरुकालागि थालियो अनुशिक्षण

सुनसरीका मतदान अधिकृतहरुकालागि थालियो अनुशिक्षण
१२ मंसिर, अमर काफ्ले इनरुवा। मंसिर २१ गतेको निर्वाचनमा खटिने मतदान अधिकृत सहित सहायक मतदान अधिकृतहरुकालागि सुनसरीमा आजबाट अनुशिक्षण थालिएको छ । मतदान प्रकृया, मतपत्र सहित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रणालीका बारेमा सहभागीहरुकालागि अनुशिक्षण थालिएको मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको छ । दुई चरणमा संचालन हुने अनुशिक्षण अन्र्तगत आज पहिलो चरणमा ६ सय जना सहभागि भएका थिए । प्र...

पार्टीलाई भोट मागेको भन्दै मतदाता शिक्षा स्वयंसेवक विरुद्ध उजुरी

पार्टीलाई भोट मागेको भन्दै मतदाता शिक्षा स्वयंसेवक विरुद्ध उजुरी
१२ मंसिर, इनरुवा। सुनसरीमा मतदाता शिक्षाकालागि खटिएका मतदाता शिक्षा स्वयंसेवक विरुद्ध पार्टीगत भोट मागेको उजुरी परेको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवामा सुनसरी क्षेत्र नम्वर ३ अन्र्तगत बर्जु गाउँपालिकामा खटिएका मतदाता शिक्षा स्वयंसेवकले मतदाता शिक्षाका नाममा पार्टीगत भोट मागेको उजुरी परेको हो । मतदाता शिक्षाकालागि खटिएका ४ जनाले नेपाली कांग्रेसका उम्मेदवारका पक्षमा मत मागेको भनि कार...

सुनसरी कांग्रेसका चार दर्जनबढी क्रियाशिल सदस्यद्धारा राजिनामा

सुनसरी कांग्रेसका चार दर्जनबढी क्रियाशिल सदस्यद्धारा राजिनामा
११ मंसिर, इनरुवा। नेपाली कांग्रेस सुनसरीको क्रियाशिल सदस्य रहेका चार दर्जन बढीले एकसाथ पार्टी परित्याग गरेका छन् । संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उनिहरुले पार्टी जिल्ला पंक्तिसँग असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको जनाएका छन् । सामूहिक रुपमा कांग्रेसको क्रियाशिल सदस्यता त्यागेकाहरुले पार्टी सभापति राजिव कोइराला, पूर्व सांसद सीताराम मेहता र नगर प्रमुख राजन मेहताको हैकमवादी पराकास्टा र व...

नरसिंहका आगलागी पीडितलाई सरकारी राहत

नरसिंहका आगलागी पीडितलाई सरकारी राहत
११ मंसिर, इनरुवा । सुनसरीको भोक्राहा गाउँपालिका ६ नरसिंहका अग्नि पीडितलाई सुनसरी प्रशासनले राहत वितरण गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी नेतृत्को टोलीले प्रति परिवार नगद ५ हजारका दरले सरकारी राहत उपलब्ध गराएको हो । सहायक प्रजिअ भण्डारीले नरसिंहका अग्नि पीडितहरुलाई भेटेर राहत रकम हस्तान्तरण गर्नु भएको थियो । कालु ऋषिदेवको घरबाट सल्केको आगोले मुसहरी वस्तीका १४ घर जलेका थिए । पीडित...

बाम गठबन्धन मुलुककालागि दुर्भाग्य : देउवा

बाम गठबन्धन मुलुककालागि दुर्भाग्य : देउवा
११ मंसिर, अमर काफ्ले इनरुवा। प्रधानमंत्री शेरबहादुर देउवाले एमाले माओवदीबिचको गठबन्धनले मुलुकलाई अधिनायकबाद तर्फ डोर्याउन खोजेको आरोप लगाएका छन् । देउवाले नेकपा एमालेले तराई र पहाडेबिच द्धन्द्ध फैलाएर राजनैतिक अस्थिरता बढाएको बताए । बाम गठबन्धनले चुनावमा बहुमत हासिल गरे तराई, मधेश, पहाड सबै भेगका जनताको अधिकार कुण्ठित हुने र एकतन्त्रिय अधिनायकबादले मुलुकलाई जटिततातर्फ धकेल्ने बताए । सुनसरीको दे...

हात्तिको आक्रमणबाट दुईको मृत्यु

हात्तिको आक्रमणबाट दुईको मृत्यु
११ मंसिर, इनरुवा। कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तिको आक्रमणमा परी दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षिया बेचनीदेवी सरदार र ६० वर्षिया देदिया सरदार रहेका छन् । उनिहरु दुवैलाई हात्तिले कोशी गाउँपालिका ३ सरदार टोलमा आक्रमण गरेको थियो । हात्तिको आक्रमणबाट ६५ वर्षिया बृन्दादेवी सरदार समेत घाइते भएकी छिन् । दाउरा लिएर फर्किदै गरेका उनीहरुलाई उखुबारीमा हात्तीले आक्रमण गरेको सुनस...

नरसिंहस्थित मुसहरी बस्तीमा भिषण आगलागी

नरसिंहस्थित मुसहरी बस्तीमा भिषण आगलागी
११ मंसिर, इनरुवा।  आइतबार साँझ भोक्राहा गाउँपालिका ६ नरसिंहस्थित मुसहरी बस्तीमा आगलागी भएको छ । आगलागीमा २५ परिवारको घर, धनमाल, लत्ताकपडा, जिन्सी, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करिब रु ५० लाख मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिनुभयो । स्थानीय कालु ऋषिदेवको घरबाट अचानक आगलागी भएको स्थानीयले बताएका छन् । उक्त आगलागी प्रहरी, दमकल र स्थानीयक...

सुनसरीको विकट क्षेत्र श्रीलङ्का टापुमा अर्थमन्त्री कार्की

सुनसरीको विकट क्षेत्र श्रीलङ्का टापुमा अर्थमन्त्री कार्की
१० मंसिर, इटहरी। नेपाली काङ्ग्रेसका नेता एवम अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्राकृतिक हिसावले सुनसरी जिल्लाको अत्यन्तै विकट मानिएको प्रकाशपुर र महेन्द्रनगरबाट अलग भएर रहेको कोशी पारिको श्रीलङ्का टापु क्षेत्रका मतदाताहरु समक्ष आज भेटघाट र साक्क्षात्कार गर्नुभएको छ । अर्थमन्त्री कार्कीले नेपाल सरकारको स्थानीय प्रशासनको पहुँचबाट समेत अलग रहँदै आएका त्यहाँका मतदाता समक्ष एक आपसमा सुखदुःख र ...

चुनावी सामाग्री हटाइयो

चुनावी सामाग्री हटाइयो
१० मंसिर, इनरुवा। सुनसरीको इनरुवामा सार्वजनिक स्थानहरुमा टांगिएका तुल ब्यानर सुरक्षाकर्मीले हटाएको छ ।  आचारसंहिता विपरित प्रचार सामाग्री सार्वजनिक स्थानमा राखिएको भन्दै मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीबाट खटिएका टोलीले सुरक्षाकर्मी लगाएर हटाएको हो । सर्वपक्षिय बैठक मार्फत सार्वजनिक स्थानहरुमा टांगिएका प्रचार सामाग्री हटाउन हिजो साँझ सम्म दललाई समय दिइएको थियो । निर्धारित समयभित्र सम्वन्...
trusted online casino malaysia