उद्घाटन खेलमा किसान टोल बिजयी
लाटीदेवी एकेडेमीको आयोजनामा बलाहामा सुरु दोस्रो टोल स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा किसान टोल बिजयी भएको छ ।
प्रतियोगिता अन्र्तगतको पहिलो खेलमा किसान टोलले नेवार टोललाई २–१ गोल अन्तरमा पराजित गरेको हो ।
बिजयी टिमकालागि जय चौधरी र सुरज चौधरीले गोल गरे । पराजित नेवार टोलका समिर श्रेष्ठले १ गोल फर्काए । खेलको म्यान अफ दी म्याद सुरज चौधरी घोषित भए ।
प्रतियोगिताको उद्घाटन वडा नम्बर ५ का...












