कोरोनाका नाममा अनियमितताको आशंका
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका नाममा इनरुवा नगरपालिका उपर आर्थिक अनियमितताको आरोप लागेको छ । क्वारेन्टिन व्यवस्थापन तथा राहत वितरण जस्ता शिर्षकका नाममा २ करोड २० लाख रकम खर्चेको विषय बाहिरिए सँगै नगरवासी माझ नगरपालिका उपर आर्थिक अनियमितताको आशंका उब्जाएको छ ।नगरपालिकाको कार्यालयले राहत वितरणकालागि खाद्यान्न सामाग्री खरिद बापत ८० लाख रकम भुक्तानी गरेको स्रोत उदृत गरी अनियमितताको आंशका गरिएको छ...












