खोटाङको जंगलमा महिला र पुरुष मृत
खोटाङ। खोटाङमा एक महिला र एक पुरुष मृत भेटिएका छन् । वराहपोखरी गाउँपालिका–१ वराहपोखरीस्थित डाँडाखर्कमा महिला र पुरुष मृत भेटिएका हुन् । गाउँ नजिकै दारेगौडा जङ्गलमा दुवै जना मृत अवस्थामा भेटिएको वराहपोखरीका वडाध्यक्ष ढकबहादुर कार्कीले बताउनुभयो ।
डाँडागाउँका करिब २२÷२३ वर्षीय सरिता बिष्ट बस्नेतको जङ्गलमा हत्या भएको अवस्थामा मृत भेटिएको वडाध्यक्ष कार्कीको भनाइ छ । उक्त महिलाको घाटीमा धारिलो हतिय...












