६ वर्ष बित्याे तर उदयपुर – खाेटाङ जाेडने पुल बनेन , ठेकेदार सम्पर्कबिहीन
उदयपुर । गाईघाट–साउने धाप्लाङ–चिसापानी सडकअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–१४, धाप्लाङ र खोटाङको वाराहपोखरी गाउँपालिका–२, साउनेचौर जोड्ने दूधकोशी (सुनकोसी) नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल बीचैमा अलपत्र परेको छ ।पुल निर्माण सम्पन्न हुने म्याद सकिएको झन्डै तीन वर्ष बितिसक्दासमेत पुल बनाउने ठेक्का लिएको निर्माण कम्पनी रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडाैंले पेस्की लिएर काम नगरेपछि उदयपुर र खोट...












