ललितपुरको किष्ट अस्पतालमा एक युवक मृत फेला

ललितपुरको किष्ट अस्पतालमा एक युवक मृत फेला
ललितपुरको किष्ट अस्पतालभित्रको शौचालयमा एक युवक मृत फेला परेका छन् । अस्पताल भित्रको इमरजेन्सी वार्ड पछाडी रहेको शौचालयभित्र ललितपुरको महालक्ष्मी नगरपालिका–८ बिशुन्डोल बस्ने ३२ वर्षीय सन्दीप रावल सोमबार मृत फेला परेका हुन्। ललितपुर प्रहरीका अनुसार शव पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइसकेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

सुनसरीका ४८ हजार बढी बालिकालाई एचपिभी खोप लगाइदै

सुनसरीका ४८ हजार बढी बालिकालाई एचपिभी खोप लगाइदै
इनरुवा। सुनसरीका ४८ हजार बढी बालिकाहरुमा पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप लगाउन लागिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाए अनुसार जिल्लाभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका बालिकाहरुमा एचपिभी खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार सुनसरीमा माघको २२ गतेबाट फागुन २ गते सम्म एचपिभी खोप कार्यक्रम संचालनमा ल्याउन लागिएको छ । ख...

कार्यकारी निर्देशक पदमा वैद्यनाथ पासवानलाई नियुक्त

कार्यकारी निर्देशक पदमा वैद्यनाथ पासवानलाई नियुक्त
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले वैद्यनाथ पासवानलाई चार वर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ । विगत दुई वर्षदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा परिषद्को ऐनको दफा १७ (१) बमोजिम चार वर्षका लागि पासवानलाई कार्यकारी निर्देशक नियुक्त गरिएको अध्यक्ष शीतल साहले जानकारी दिए । पासवान महोत्तरी जिल्ला महोत्तरी गाउँपालिका–१ सनुखरा निवासी हुन् । जनकपुरधामसहित महोत्तरी र मिथिला म...

स्रोत नखुलेको नगद ३९ लाख सहित एक जना पक्राउ

स्रोत नखुलेको नगद ३९ लाख सहित एक जना पक्राउ
काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७५ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१५ घर भई काठमाडौंको टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले जानकारी दिए। कार्यालयको इन्टिलिजेन्स शाखाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो।यस सम्बन्धमा जिल्...

दिवा खाजा कार्यक्रमकालागि विद्यालयमा सीप विकास तालिम

दिवा खाजा कार्यक्रमकालागि विद्यालयमा सीप विकास तालिम
शहीद लखन गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसँगै विद्यार्थीमा सीप विकासका लागि गाउँपालिका शिक्षा शाखामार्फत पालिकाभित्रका ४६ सामुदायिक विद्यालयमा च्याउखेती गर्न थालिएको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिइन् । ‘विद्यालयमा उत्पादित च्याउ विद्यार्थीका लागि पोषणयुक्त दिवा खाजा खान पाउने मात्र नभएर उनीहरूको सीप विकासका लागि पनि मद्दत पुग्ने विश्वास लिइएको छ’, उ...

कोशी पर्यटन वर्षको पहिलो बैठक कोशी टप्पुमा सम्पन्न

कोशी पर्यटन वर्षको पहिलो बैठक कोशी टप्पुमा सम्पन्न
कोशी पर्यटन वर्षको मूल आयोजक समिति बृहत बैठक सम्पन्न भएको छ। सुनसरीको कोशी गाउँपालिकामा रहेको कोशी टप्पुमा बिहिबार बैठक सम्पन्न भएको हो। बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैठकको औपचारिकता दिदै कोशी प्रदेश सरकारले आगामी २०८२ साललाई कोशी पर्यटन वर्ष मनाउने तयारी गरिरहेको बताउनुभएको छ। मुख्यमन्त्री कार्कीले भारतीय पर्यटकहरूलाई नेपाल आउँदा पर्ने सबै असजिलोहरूलाई हटाइने बता...

हिउँ चितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ

हिउँ चितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ
हिउँ चितुवाको छाला र हड्डीसहित दुई जनालाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा खटिएको निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त टोलीले हिउँ चितुवाको छाला र हड्डीसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो। मंगलबार साँझ ५ बजेतिर भरतपुर-१० मालपोत चोक नजिकैबाट शंकास्पद व्यक्तिहरुलाई पच्छाउँदै जाँदा नियन्त्रणमा लिइएको संरक्षण अधिकृत अविनाश थापा मगरले जान...

सात वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

सात वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
बलात्कार मुद्दामा सात वर्ष कैद तोकिएका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। रुपन्देहि जिल्लाको शुद्धोधन गाउँपालिका–२ का सोलिन्द्रर अहिरलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत बुटवल रूपन्देहीले बलात्कार मुद्दामा अहिरलाई २०७८/०९/०२ गते सात वर्ष कैद सजायको फैसला सुनाएको कपिलवस्तुका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए। इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको ...

चियाको निहुँमा एकको हत्या

चियाको निहुँमा एकको हत्या
धारिलो हतियार प्रहार गरि धरानमा एक जनाको हत्या भएको छ। हत्या हुनेमा सुनसरीको धरान उपमहानगरपालिका-१५ मा सदन रोड बस्ने २१ वर्षीय रिजन राइ रहेका छन्। आफ्नै साथीहरूसँग बसेर चिया खाएको र पैसा तिर्ने विषयमा विवाद हुँदा खुकुरी प्रहार गरी उनको हत्या भएको छ। रिजनको हत्यामा सम्लग्न धरान-१३ का १८ वर्षीय उत्सव मगर , २१ वर्षीय विश्रान्ती मगर , धरान-८ का २२ वर्षीय रोमन गुरुङ , १७ वर्षीय प्रस्थान राई र धरान-...

इनरुवामा वृहत आँखा शिविर, मोतिबिन्दुको निः शुल्क शल्यक्रिया गरिने

इनरुवामा वृहत आँखा शिविर, मोतिबिन्दुको निः शुल्क शल्यक्रिया गरिने
इनरुवा जिल्ला अस्पताल सुनसरी इनरुवामा वृहत आँखा शिविरको आयोजना गर्न लागिएको छ । ईनर ह्वील क्लव अफ पाटनको आयोजनामा माघ १२ गते जिल्ला अस्पताल इनरुवामा वृहत आँखा शिविरको आयोजना गर्न लागिएको हो । ईनर ह्वील क्लव अफ पाटनको आयोजनामा माघ १२ गते जिल्ला अस्पताल इनरुवामा वृहत आँखा शिविरको आयोजना गर्न लागिएको हो । माट्रिका आँखा केन्द्र पुरानो पुरानो बानेश्वर काठमाडौंको प्राविधिक सहयोगमा संचालन हुन लागेको श...
trusted online casino malaysia