इटहरीमा “बरबरिक : द पोएटिक फ्लेम ” आयोजना हुँदै
इटहरी / इटहरीमा साहित्य र संस्कृतिको अद्वितीय संगम “बरबरिक : द पोएटिक फ्लेम” आयोजना हुने भएको छ। इटहरीस्थित सोल्टी वेस्टएन्ड होटलमा यही भदौ ७ गते शनिबार बरबरिक : द पोएटिक फ्लेम हुने भएको हो। कार्यक्रममा कवि तथा नाट्यकार भरत गुरागाईं “बरबरिक” का नाट्य प्रस्तुति, लाइभ संगीतका साथ कविताहरू प्रस्तुत हुने जनाइएको छ।
यो साँझ केवल मनोरञ्जन होइन, साहित्य र भावनाको माध्यमबाट समाजलाई सांस्कृतिक चेतनाले स...












